मन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबिच छलफल

काठमाडौँ । भारतको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतीय समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलबिच द्विपक्षीय हितका विषयमा आज नयाँदिल्लीमा भेटवार्ता भएको छ ।
नयाँदिल्लीस्थित संसद् भवनमा भएको भेटका क्रममा मन्त्री भण्डारीले समकक्षी गोयलसँग सिमेन्ट, प्लाइउड, जुत्तालगायत नेपाली वस्तु निर्यातमा भारत सरकारले लगाउँदै आएको ‘ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड’को सहजीकरणका लागि आग्रह गरे ।
नेपालको पारवाहन तथा व्यापार सहजीकरणका विषयमा पनि सो भेटवार्तामा छलफल भएको र छिट्टै पारवाहन सन्धि संशोधनका लागि सकारात्मक छलफल भएको भ्रमण टोलीमा रहेका मन्त्रालयको द्विपक्षीय व्यापार तथा पारवहन शाखाका उपसचिव तर्कराज भट्टले जानकारी दिए ।
यस्तै व्यापार तथा पारवहनको सहजीकरणका लागि वाणिज्य सचिवस्तरको बैठक छिट्टै नेपालमा आयोजना गर्ने सहमति भएको छ । त्यस अवसरमा मन्त्री भण्डारीले नेपालमा लगानीका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै लगानीमैत्री वातावरण बनेकाले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्ने सम्बन्धमा पहलकदमीका लागि मन्त्री गोयलसँग आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि आक्रमण गर्ने कि नगर्ने भन्ने निर्णय २ हप्तामा लिन्छु: ट्रम्प
-
फिल्म 'खाली सिसी नयाँ कागज'मा विदेश मोह र पीडा
-
राहत केन्द्रनजिकै इजरायली आक्रमणमा २३ जनाको मृत्यु
-
१६ अर्ब पासवर्ड र लगइन डाटा चुहावट, अहिलेसम्मकै सबैभन्दा ठूलो डाटा चोरी
-
एसीमा बढी समय बस्ने व्यक्तिलाई हुन सक्छन् यस्ता स्वास्थ्य समस्या
-
छोराको बिहे सर्नुलाई नेतन्याहुले ‘युद्धको मूल्य’ भनेपछि भड्किए इजरायली