त्रिविमा अबदेखि मार्कसिट सम्बन्धित क्याम्पसबाटै लिन सकिने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले मार्कसिट सम्बन्धित क्याम्पसबाटै प्रिन्ट गर्ने व्यवस्था मिलाएको छ । प्रवाह गर्ने सेवालाई क्रमशः विकेन्द्रीकरण गर्दै लैजाने अवधारणा अनुरूप मार्कसीटहरू सम्बन्धित क्याम्पसबाटै प्रिन्ट गर्न सकिने व्यवस्था मिलाएको हो ।
हाललाई २०८० सालमा सञ्चालित स्नातक तह चौथो वर्षका वार्षिक परीक्षा प्रणाली अन्तर्गतका परीक्षार्थीहरूको प्रकाशित नतिजाको मार्कसिट डिजिटल सिग्नेचरसहित सम्बन्धित क्याम्पसबाट प्रिन्ट गरिने व्यवस्था मिलाएको हो ।
मंसिर १९ गतेदेखि सम्बन्धित क्याम्पसले आफ्नो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको मार्कसिट क्याम्पसलाई उपलब्ध गराइएको पोर्टलको रिजल्ट मेनु छनोट गरी मार्कसिट विकल्पमा गएर प्रिन्ट गर्न गरेर विद्यार्थीलाई उपलब्ध गराउन अनुरोध गरेको छ ।
सम्बन्धित विद्यार्थीहरूले आफ्नो नतिजा सम्बन्धित क्याम्पसबाट पनि जानकारी लिन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
कार्यालयले यसअघि क्षेत्रीय कार्यालयहरूबाटै कापी परीक्षणको व्यवस्था मिलाएको थियो । क्षेत्रीय कार्यालयहरूबाट कापी परीक्षण गर्ने र त्यसको नतिजा कार्यालयमा पठाउने व्यवस्था मिलाएसँगै नतिजा प्रकाशन सहज बन्दै गएको छ । त्रिविले हाल परीक्षा सम्पन्न भएको ९० दिनभित्रमा नतिजा प्रकाशन गरिसक्ने नीति ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण