फुटबल खेलका क्रममा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु
गिनी । अफ्रिकी देश गिनीको दोस्रो ठुलो सहर जेरेकोरमा फुटबल खेलका क्रममा झडपपछि भागदौड हुँदा कम्तीमा ५६ जनाको मृत्यु भएको छ । तर, धेरैले मृत्यु हुनेको संख्या १०० पुग्न सक्ने अनुमान गरेका छन् ।
केही रिपोर्टहरूका अनुसार यो घटना रेफ्रीको निर्णय पछि भएको हो । पाहुना टोली लाबेका दुई खेलाडीलाई रेफ्रीले रातो कार्ड देखाएर मैदान बाहिर पठाउँदै पेनाल्टी किक दिएका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार रेफ्रीसँग आक्रोशित आगन्तुक टोली लाबेका समर्थकहरूले मैदानतर्फ ढुङ्गा हानेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । जेरेकोरका एक स्थानीय पत्रकार पल साकोभोगीले बीबीसीलाई भने, ‘रङ्गशालामा ठुलो भीड थियो। त्यहाँबाट बाहिर निस्कने एउटै बाटो थियो। केही मानिसहरू बाहिर निस्कन पर्खालमा चढे। पर्खाल चढ्न नसकेकाहरू जमिनमा खसे ।’
गिनीका प्रधानमन्त्री ओरी बाहले घटनालाई ‘दुःखद’ भनेका छन् । उनले यस घटनामा जिम्मेवार व्यक्तिको पहिचान गर्ने घोषणा गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण