पाटन क्याम्पसमा मेरिट मिचेर विद्यार्थी भर्ना गरेकोप्रति अनेरास्ववियूको आपत्ति

ललितपुर । नेकपा (बहुमत)को विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले पाटन संयुक्त क्याम्पसमा मेरिट मिचेर विद्यार्थी भर्ना गरिएकोप्रति आपत्ति जनाएको छ । ललितपुर जिल्ला समिति अध्यक्ष राहुल भुषण विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै मेरिट मिचेर विद्यार्थी भर्ना गरेकोप्रति आपत्ति जनाएको हो ।
पाटन संयुक्त क्याम्पसले स्नातक तह विज्ञान संकायको बीएस्सी सीएसआईटी कार्यक्रममा मेरिट मिचेर ३० जना अन्य विद्यार्थी भर्ना गरिएको छ । उक्त कार्यप्रति अनेरास्ववियू (क्रान्तिकारी)ले आपत्ति जनाउँदै तत्काल भर्ना प्रकृया स्थगन गेर मेरिट लिष्टको आधारमा धर्ना गर्न भनेको छ ।
क्याम्पस प्रमुख, स्ववियु सभापति, डिन, बिएससी सिएसआइटी कार्यक्रम संयोजक लगायतको मिलेमतोमै ३० जना विद्यार्थीलाई मेरिट मिचेर भर्ना पीडित विद्यार्थीहरूले आरोप लगाउँदै आएका छन् ।
यस्ता कार्य तत्काल बन्द गर्न र नगरेको खण्डमा त्यसमा संलग्न जोकोहीलाई कडा कारबाही गर्ने उनले चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार
-
नेपाल सद्भावना पार्टी बिक्रीमा !
-
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता : भलिबलतर्फ बझाङ र कैलालीलाई उपाधि
-
फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्ति रोक्न माग गर्दै ज्ञापनपत्र
-
प्रतिनिधिसभाको बैठक साेमबारसम्मका लागि स्थगित
-
घरधनी आफैँले हटाउन थाले जडीबुटी-पेप्सीकोला सडकका अवैध संरचना (तस्बिरहरू)