पाटन क्याम्पसमा मेरिट मिचेर विद्यार्थी भर्ना गरेकोप्रति अनेरास्ववियूको आपत्ति
ललितपुर । नेकपा (बहुमत)को विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले पाटन संयुक्त क्याम्पसमा मेरिट मिचेर विद्यार्थी भर्ना गरिएकोप्रति आपत्ति जनाएको छ । ललितपुर जिल्ला समिति अध्यक्ष राहुल भुषण विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै मेरिट मिचेर विद्यार्थी भर्ना गरेकोप्रति आपत्ति जनाएको हो ।
पाटन संयुक्त क्याम्पसले स्नातक तह विज्ञान संकायको बीएस्सी सीएसआईटी कार्यक्रममा मेरिट मिचेर ३० जना अन्य विद्यार्थी भर्ना गरिएको छ । उक्त कार्यप्रति अनेरास्ववियू (क्रान्तिकारी)ले आपत्ति जनाउँदै तत्काल भर्ना प्रकृया स्थगन गेर मेरिट लिष्टको आधारमा धर्ना गर्न भनेको छ ।
क्याम्पस प्रमुख, स्ववियु सभापति, डिन, बिएससी सिएसआइटी कार्यक्रम संयोजक लगायतको मिलेमतोमै ३० जना विद्यार्थीलाई मेरिट मिचेर भर्ना पीडित विद्यार्थीहरूले आरोप लगाउँदै आएका छन् ।
यस्ता कार्य तत्काल बन्द गर्न र नगरेको खण्डमा त्यसमा संलग्न जोकोहीलाई कडा कारबाही गर्ने उनले चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण