उपनिर्वाचनको नतिजा निराशाजनक छैन, तर समीक्षा गर्छौँ : ईश्वर पोखरेल
काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्ने बताएका छन् । उपनिर्वाचनको समग्र प्रतिवेदन आएपछि पार्टीका तर्फबाट भएका कमी, कमजोरीबारे समीक्षा गर्ने उनले बताए ।
उनले २०७९ सालको निर्वाचनमा पराजित भएका केही ठाउँमा समेत नेकपा एमाले विजयी भएको बताए । उनले स्थानीय तहको निर्वाचनलाई लिएर निराश हुनुपर्ने कारण नरहेको भन्दै आफ्नो पकड क्षेत्र भएका ठाउँमा पनि मत घटेकोप्रति भने समीक्षा गर्ने बताए । काठमाडौँको कीर्तिपुर नगरपालिकाको परिणाम आफ्नो पक्षमा नरहे पनि गत निर्वाचनको भन्दा प्रगति भएको उनले दाबी गरे ।
अहिले पुराना राजनीतिक दलहरू आउटडेटेड भए भन्ने भाष्य खडा गरिएपनि जनमतबाट पुष्टि हुन नसकेको उनले बताए । जनताले अहिले पनि पुराना राजनीतिक दलहरूमा आशा र विश्वास कायमै राखेको उनको दाबी छ । उनले राष्ट्रिय राजनीतिमा पुराना दलहरूको भूमिका कमजोर भन्ने कुरालाई जनताले अस्वीकार गरेको बताए ।
उपनिर्वाचनबाट एमालेले निर्वाचनसँग गाँसिएका कुराहरूमा थप व्यवस्थित डङ्गको व्यवस्थापन गर्नुपर्छ भन्ने पाठ सिकेको र त्यही आधारमा अघि बढ्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण