अभिनयबाट संन्यास लिन लागेको होइन : विक्रान्त मैसी
नयाँ दिल्ली । बलिउड अभिनेता विक्रान्त मैसीबारे हालै एउटा खबर आएको थियो । ३७ वर्षका अभिनेताले छिटै अभिनयबाट संन्यास लिन लागेको भन्दै भारतीय सञ्चार माध्यमहरूले खबर छापेको थिए । तर मैसीले आफूबारे चलेको अफवाहबारे मौनता तोड्दै अभिनयबाट संन्यास लिने लागेको खण्डन गरेका छन् ।
आफूले फिल्मबाट लामो समय ब्रेक मात्रै चाहेको उनको भनाइ छ । मैसीले सोमबार एक पोस्टमार्फत फिल्मबाट अनिश्चितकालीन ब्रेकको घोषणा गरेका थिए । यो पोस्टलाई उनले संन्यास लिएको रूपमा अर्थ्याइयो । तर २४ घण्टाभित्रै उनले पोस्टबारे स्पष्ट पारेका छन् ।
आफूले भन्न खोजेको कुरा जनताले राम्ररी बुझ्न नसकेको भन्दै उनले आफू अलि थाकेको र परिवारसँग केही दिन बिताउन चाहेको बताए ।
मेरो स्वास्थ्य ठिक छैन: मैसी
न्यूज १८सँगको कुराकानीमा विक्रान्त मैसीले भने, ‘मैले संन्यास लिइरहेको छैन । मलाई लामो विश्राम चाहिएको छ । म घरलाई धेरै याद गरिरहेको छु र मेरो स्वास्थ्य पनि ठिक छैन । मैले भनेको कुरालाई मानिसहरूले गलत रूपमा व्याख्या गरे ।’
सोमबार पोष्टमा यो आफूलाई पुनः सन्तुलित बनाउने र घर फर्किने समय भएको भन्दै २०२५ मा अन्तिम पटक हामीहरू भेटिने छौँ भनेका थिए ।
ब्रेक लिनु अघि विक्रान्तको अन्तिम फिल्म द साबरमती रिपोर्ट थियो । यो फिल्म नोभेम्बर १५ मा रिलिज भएको थियो । फिल्म गोधरा घटना र त्यसपछिको गुजरात दंगामा आधारित थियो । ट्रेलर रिलिज भएलगत्तै फिल्म विवादमा परेको थियो । फिल्म रिलिज भएपछि मैसीलाई धम्की आएको थियो । विरोधीहरूले आफ्नो ९ महिनाको बच्चालाई समेत नछोडेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण