अभिनयबाट संन्यास लिन लागेको होइन : विक्रान्त मैसी
नयाँ दिल्ली । बलिउड अभिनेता विक्रान्त मैसीबारे हालै एउटा खबर आएको थियो । ३७ वर्षका अभिनेताले छिटै अभिनयबाट संन्यास लिन लागेको भन्दै भारतीय सञ्चार माध्यमहरूले खबर छापेको थिए । तर मैसीले आफूबारे चलेको अफवाहबारे मौनता तोड्दै अभिनयबाट संन्यास लिने लागेको खण्डन गरेका छन् ।
आफूले फिल्मबाट लामो समय ब्रेक मात्रै चाहेको उनको भनाइ छ । मैसीले सोमबार एक पोस्टमार्फत फिल्मबाट अनिश्चितकालीन ब्रेकको घोषणा गरेका थिए । यो पोस्टलाई उनले संन्यास लिएको रूपमा अर्थ्याइयो । तर २४ घण्टाभित्रै उनले पोस्टबारे स्पष्ट पारेका छन् ।
आफूले भन्न खोजेको कुरा जनताले राम्ररी बुझ्न नसकेको भन्दै उनले आफू अलि थाकेको र परिवारसँग केही दिन बिताउन चाहेको बताए ।
मेरो स्वास्थ्य ठिक छैन: मैसी
न्यूज १८सँगको कुराकानीमा विक्रान्त मैसीले भने, ‘मैले संन्यास लिइरहेको छैन । मलाई लामो विश्राम चाहिएको छ । म घरलाई धेरै याद गरिरहेको छु र मेरो स्वास्थ्य पनि ठिक छैन । मैले भनेको कुरालाई मानिसहरूले गलत रूपमा व्याख्या गरे ।’
सोमबार पोष्टमा यो आफूलाई पुनः सन्तुलित बनाउने र घर फर्किने समय भएको भन्दै २०२५ मा अन्तिम पटक हामीहरू भेटिने छौँ भनेका थिए ।
ब्रेक लिनु अघि विक्रान्तको अन्तिम फिल्म द साबरमती रिपोर्ट थियो । यो फिल्म नोभेम्बर १५ मा रिलिज भएको थियो । फिल्म गोधरा घटना र त्यसपछिको गुजरात दंगामा आधारित थियो । ट्रेलर रिलिज भएलगत्तै फिल्म विवादमा परेको थियो । फिल्म रिलिज भएपछि मैसीलाई धम्की आएको थियो । विरोधीहरूले आफ्नो ९ महिनाको बच्चालाई समेत नछोडेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : नेकपा बहुमतमा धर्मेन्द्रको नेतृत्वदेखि पद थप्ने होमवर्कमा एमालेसम्म
-
इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्नसक्छ : प्रधानसेनापति
-
संघका कर्मचारीलाई सचिव बनाएपछि गण्डकीका स्वास्थ्य सचिव शर्मा पुगे अदालत
-
एमाले चौतर्फी घेराबन्दी तोडेर अघि बढिरहेको छ : ज्ञवाली
-
स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ
-
चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस