नेपाल टेलिकमको एमपीओएस रिचार्जमा बोनस
बुधबार, १९ मङ्सिर २०८१, १३ : ०५
काठमाडौँ । नेपाल टेलिकमले मोबाइल प्वान्ट अफ सेल (एमपीओएस) रिचार्जमा बोनस उपलब्ध गराउने घोषणा गरेको छ । यो योजना मङ्सिर १८ देखि आगामी पुस १७ गते सम्म लागु हुनेछ ।

नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न वैकल्पिक उपायहरू अपनाउन सकिन्छ । यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथै मोबाइल प्वान्ट अफ सेल र नमस्ते पे, ईसेवा, खल्ती, आईएमईपे लगायतका डिजिटल वालेटहरू विकल्पको रूपमा रहेका छन् ।
यसका साथै सहज तवरले अविच्छिन्न रूपमा सञ्चार सेवा उपभोग गर्न ब्यालेन्स सकिएको अवस्थामा समेत प्रिपेड मोबाइल प्रयोगकर्ताहरूको लागि नमस्ते सापटीको सुविधा कम्पनीले उपलब्ध गराएको छ ।प्रिपेड मोबाइल प्रयोगकर्ताहरूले Start टाइप गरी १४७७ मा सन्देश पठाएर अथवा *1477# डायल गरी 1 छनौट गरेर सापटी लिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण