दर्ता प्रमाणपत्र र बिलबिजक नराखी सञ्चालन गर्ने इलेक्टोनिक्स पसललाई एक लाख जरिवाना
बुधबार, १९ मङ्सिर २०८१, १४ : ०७
काठमाडौँ । खरीद बिलबिजक र दर्ता प्रमाणपत्र नराखी सञ्चालन गरिएको एक इलेक्ट्रोनिक्स पसललाई एक लाख रुपैयाँ जरिवाना गराइएको छ ।
मंगलबार बजार अनुगमनमा गएको वाणिज्य विभागको टोलीले ललितपुर महानगरपालिका १ बखुण्डोलस्थित नेपाः हिमा ट्रेड लिङ्क प्रालिलाई जरिवाना तिराएको हो ।
यसैगरी अर्को खरीद बिलबिजक नराख्ने ललितपुर महानगर १० को अर्गानिक कटन एण्ड बेड सिट हाउसलाई २० हजार जरिवाना गरिएको विभागले जनाएको छ ।
विभागको टोलीले मंगलबार विभिन्न १७ वटा फर्ममा अनुगमन गरेको थियो । जसमध्ये नियम विपरीत सञ्चालन गर्दै आएका दुई फर्मलाई जरिवाना तीन वटालाई कागजातसहित उपस्थित हुन र अन्य १२ फर्मलाई सामान्य निर्देशन दिएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण