दर्ता प्रमाणपत्र र बिलबिजक नराखी सञ्चालन गर्ने इलेक्टोनिक्स पसललाई एक लाख जरिवाना
बुधबार, १९ मङ्सिर २०८१, १४ : ०७
काठमाडौँ । खरीद बिलबिजक र दर्ता प्रमाणपत्र नराखी सञ्चालन गरिएको एक इलेक्ट्रोनिक्स पसललाई एक लाख रुपैयाँ जरिवाना गराइएको छ ।
मंगलबार बजार अनुगमनमा गएको वाणिज्य विभागको टोलीले ललितपुर महानगरपालिका १ बखुण्डोलस्थित नेपाः हिमा ट्रेड लिङ्क प्रालिलाई जरिवाना तिराएको हो ।
यसैगरी अर्को खरीद बिलबिजक नराख्ने ललितपुर महानगर १० को अर्गानिक कटन एण्ड बेड सिट हाउसलाई २० हजार जरिवाना गरिएको विभागले जनाएको छ ।
विभागको टोलीले मंगलबार विभिन्न १७ वटा फर्ममा अनुगमन गरेको थियो । जसमध्ये नियम विपरीत सञ्चालन गर्दै आएका दुई फर्मलाई जरिवाना तीन वटालाई कागजातसहित उपस्थित हुन र अन्य १२ फर्मलाई सामान्य निर्देशन दिएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार