दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पेस
सोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलको मंगलबार राति मार्सल ल लगाउने प्रयास असफल पारेसँगै विपक्षी सांसदहरूले उनलाई महाभियोग लगाउने प्रस्ताव पेस गरेका छन् ।
मंगलबार साँझ दक्षिण कोरियाका राष्ट्रपति युन सुक(योलले देशमा मार्सल लको घोषणा गरेका थिए। राष्ट्रविरोधी तत्त्वलाई हटाउन यो कदम चालिएको उनको भनाई थियो । तर, बुधबार बिहान उनले मार्सल ल लगाउने आदेश फिर्ता लिन बाध्य भएका थिए ।
आजदेखि दक्षिण कोरियाका विपक्षी दलका कार्यकर्ताहरूले राष्ट्रपति युन सुक-योलको राजीनामाको माग गर्दै देशभर प्रदर्शन गर्ने तयारी गरिरहेका छन्। योनहाप समाचार एजेन्सीको रिपोर्ट अनुसार दक्षिण कोरियाको सबैभन्दा ठुलो सहर बुसानमा कार्यकर्ताहरूले अर्को हप्ता हरेक दिन विरोध र्याली गर्ने योजना बनाएका छन् ।
आज साँझ, दक्षिण कोरियाको दक्षिण–पश्चिमी क्षेत्रमा अवस्थित ग्वान्जुमा मैनबत्ती लाइट मार्चमा एक हजार व्यक्ति सहभागी हुने अपेक्षा गरिएको छ ।प्रदर्शनकारीहरूले आज दिउँसो दक्षिण-पूर्वी सहरहरू डेगु र पोहाङ र दक्षिण(पूर्वी तटमा रहेको जेजु टापुमा यस्तै र्यालीहरू गर्ने योजना बनाएका छन्।
यसैबिच दक्षिण कोरियाको मुख्य श्रमिक संघले अनिश्चितकालीन हडताल सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण