नारायणकाजी श्रेष्ठ अचानक उडे चीन
काठमाडौँ । नेकपा माओवादीका केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीन उडेका छन् । नेपाल–चीनबिच बीआरआईमा सम्झौता भएपछि उपाध्यक्ष श्रेष्ठ अचानक चीन उडेका हुन् । स्रोतका अनुसार उनी तत्कालै चीन जाने कुनै कार्यक्रम थिएन । उनी चीनका लागि उडिसकेपछि बाहिर जानकारीमा आएको बताइएको छ ।
चीनको संघाइमा हुने भनिएको एउटा गोष्ठीमा भाग लिन उनी त्यता गएको भनिएको छ । उपाध्यक्ष श्रेष्ठ यसअघि परराष्ट्रमन्त्री भएको बेला बीआरआई कार्यान्वयनका लागि निकै प्रयास गरेका थिए । उनले चीनमै बसेर बीआरआईबारे छलफल गरी टुंगो लगाएका थिए । गत असारमा बीआरआई सम्झौतामा हस्ताक्षर गर्ने अन्तिम तयारी थियो । हस्ताक्षर गर्नका लागि चीनका विदेश मन्त्रालयका सचिव पनि नेपाल आइ पुगेका थिए । तर अन्तिम समयमा हस्ताक्षर हुन सकेन ।
त्यतिबेला तत्कालीन परराष्ट्रमन्त्री श्रेष्ठ इरानमा थिए । श्रेष्ठ त्यो दिन मुलुक बाहिर नभएको भए त्यही दिन बीआरआई कार्यान्वयनमा हस्ताक्षर हुन्थ्यो । नेकपा (एस)का वरिष्ठ नेता झलनाथ खनाल र जनमत पार्टीका अध्यक्ष डा.सिके राउत पनि चीन भ्रमणमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण