नेपाल एसबीआई बैंकको सीईओमा रामकुमार तिवारी नियुक्त, दिपक कुमार पदमुक्त
काठमाडौं । नेपाल एसबीआई बैंकको सीईओमा रामकुमार तिवारी नियुक्त भएका छन् । बैंक सञ्चालक समिति बैठकले आगामी माघ २ गतेदेखि लागु हुनेगरी तिवारीलाई बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैंकको प्रमुख कार्यकारी अधिकृत स्टेट बैंक अफ इन्डियाबाट खटिएर आउने प्रचलन छ । हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा आएका दिपक कुमार डेलाई फिर्ता पठाउन स्टेट बैंकले अनुरोध गरेकोले जनवरी १५ देखि उनलाई पदमुक्त गर्न लागिएको बैंकले जनाएको छ ।
स्टेट बैंककै सिफारिस बमोजिम तिवारीलाई नयाँ प्रमुख कार्यकारी अधिकृत नियूक्त गरिएको हो । डे २०७७ साउनमा नेपाल एसबीआई बैंकको सीईओ नियुक्त भई आएका थिए । उनको कार्यकाल भदौ ३१ मै सकिए पनि बैंक सञ्चालक समिति बैठकले ६ महिनाका लागि अवधि थप गरेको थियो ।
नयाँ सीईओको रुपमा आउन लागेका तिवारी स्टेट बैंक अफ इन्डियाका जनरल म्यानेजर हुन् । उनी हाल बैंकको छत्तिसगढ राज्यका प्रमुख रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण