नेपाल एसबीआई बैंकको सीईओमा रामकुमार तिवारी नियुक्त, दिपक कुमार पदमुक्त
काठमाडौं । नेपाल एसबीआई बैंकको सीईओमा रामकुमार तिवारी नियुक्त भएका छन् । बैंक सञ्चालक समिति बैठकले आगामी माघ २ गतेदेखि लागु हुनेगरी तिवारीलाई बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैंकको प्रमुख कार्यकारी अधिकृत स्टेट बैंक अफ इन्डियाबाट खटिएर आउने प्रचलन छ । हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा आएका दिपक कुमार डेलाई फिर्ता पठाउन स्टेट बैंकले अनुरोध गरेकोले जनवरी १५ देखि उनलाई पदमुक्त गर्न लागिएको बैंकले जनाएको छ ।
स्टेट बैंककै सिफारिस बमोजिम तिवारीलाई नयाँ प्रमुख कार्यकारी अधिकृत नियूक्त गरिएको हो । डे २०७७ साउनमा नेपाल एसबीआई बैंकको सीईओ नियुक्त भई आएका थिए । उनको कार्यकाल भदौ ३१ मै सकिए पनि बैंक सञ्चालक समिति बैठकले ६ महिनाका लागि अवधि थप गरेको थियो ।
नयाँ सीईओको रुपमा आउन लागेका तिवारी स्टेट बैंक अफ इन्डियाका जनरल म्यानेजर हुन् । उनी हाल बैंकको छत्तिसगढ राज्यका प्रमुख रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले खोस्यो १३ जना स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
-
१० बजे १० समाचार : नेकपा बहुमतमा धर्मेन्द्रको नेतृत्वदेखि पद थप्ने होमवर्कमा एमालेसम्म
-
इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्नसक्छ : प्रधानसेनापति
-
संघका कर्मचारीलाई सचिव बनाएपछि गण्डकीका स्वास्थ्य सचिव शर्मा पुगे अदालत
-
एमाले चौतर्फी घेराबन्दी तोडेर अघि बढिरहेको छ : ज्ञवाली
-
स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ