पार्टी पुनर्गठन गर्न नसकिए इतिहासको बलिदानीलाई रक्षा गर्न सक्दैनौँ : जनार्दन शर्मा
बुधबार, १९ मङ्सिर २०८१, १५ : ०९
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने बताएका छन् । गणतन्त्र सेनानी कोषले बुधबार काठमाडौँमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले पार्टी पुनर्गठन नभएका इतिहासको बलिदानीलाई रक्षा गर्न नसक्ने स्पष्ट पारे ।
‘आज नयाँ ढंगले पार्टी पुनर्गठन गर्न जरुरी छ । हामीले पार्टीलाई विधि, पद्धति अनुसार अगाडि बढाउन सकेनौँ भने इतिहासका यी महान् बलिदानीलाई रक्षा गर्न सक्दैनौँ’, उनले भने, ‘अब हामी विधि, पद्धति र आम पार्टी सदस्यलाई सार्वभौम शक्तिका रूपमा लैजानुपर्ने आवश्यकता छ । धेरै खालका आरोप छन् । धेरै खालका हमलाहरू छन् । ती सबैलाई परास्त गर्ने हिम्मत हामीमा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
-
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
-
९ वर्षमा ९ पटक फेरिए मुख्यमन्त्री, १०औँको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण