‘बीआरआई फ्रेमवर्क’ सम्झौतामा माओवादीले अध्ययन गरेर मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतालाई विस्तृत अध्ययन गरेर मात्र आफ्नो धारणा अगाडि सार्ने भएको छ ।
बिहीबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले नेपाल र चीनबिच भएको ‘फ्रेमवर्क फर बीआरआई’ कोअपरेसन सम्झौताबारे हतारमा धारणा नबनाउने नीति लिएको हो । नेपाल र चीनबिच बुधबार बिहान ‘फ्रेमवर्क फर बीआरआई कोअपरेसन’ְमा सम्झौता भएको थियो ।
फ्रेमवर्क अन्तर्गत १० वटा परियोजना अगाडि बढाउने दुई पक्षबिच सहमति भएको थियो । यस सम्बन्धमा नेताहरूले अध्यक्ष प्रचण्डको धारणा मागेका थिए । तर नेपाल र चीनबिच भएका सम्झौताबारे थप बुझेर जवाफ दिने भएपछि बीआरआईमा छलफल नभएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
‘बी आरआईबारे केही छलफल भएन । बैठकमा प्रश्न उठेका थिए । तर यस विषयमा अध्यक्षले थप अध्ययन र बुझेर मात्र जवाफ दिने भनेपछि अरू छलफल भएन’, रातोपाटीसँग गजुरेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर