‘बीआरआई फ्रेमवर्क’ सम्झौतामा माओवादीले अध्ययन गरेर मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतालाई विस्तृत अध्ययन गरेर मात्र आफ्नो धारणा अगाडि सार्ने भएको छ ।
बिहीबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले नेपाल र चीनबिच भएको ‘फ्रेमवर्क फर बीआरआई’ कोअपरेसन सम्झौताबारे हतारमा धारणा नबनाउने नीति लिएको हो । नेपाल र चीनबिच बुधबार बिहान ‘फ्रेमवर्क फर बीआरआई कोअपरेसन’ְमा सम्झौता भएको थियो ।
फ्रेमवर्क अन्तर्गत १० वटा परियोजना अगाडि बढाउने दुई पक्षबिच सहमति भएको थियो । यस सम्बन्धमा नेताहरूले अध्यक्ष प्रचण्डको धारणा मागेका थिए । तर नेपाल र चीनबिच भएका सम्झौताबारे थप बुझेर जवाफ दिने भएपछि बीआरआईमा छलफल नभएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
‘बी आरआईबारे केही छलफल भएन । बैठकमा प्रश्न उठेका थिए । तर यस विषयमा अध्यक्षले थप अध्ययन र बुझेर मात्र जवाफ दिने भनेपछि अरू छलफल भएन’, रातोपाटीसँग गजुरेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण