त्रिभुवन विश्वविद्यालयले नीति अधिवेशन गर्दै
बिहीबार, २० मङ्सिर २०८१, ११ : ५६

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी मङ्सिर २७ गते नीति अधिवेशन बोलाएको छ । त्रिवि प्रवक्ता यमनबहादुर बोहराका अनुसार त्रिविको विद्यमान नीतिबारे छलफल हुनेछ ।
त्यसमा नियम कानुनसँग सम्बन्धित विभिन्न एजेन्डाहरूमा समेत छलफल हुनेछ । त्रिविको हिउँदे अधिवेशनका नामले समेत चिनिएको नीति अधिवेशनले महत्त्वपूर्ण निर्णयहरू पारित गर्नेछ । त्रिविले यस विषयमा सरोकारवाला निकायसँग छलफल थालेको छ ।
सभा सदस्य तथा त्रिवि स्ववियु सभापति श्यामराज ओझाले आफूले समेत अधिवेशनका लागि तयारी गरिहरेको बताए । उनले देशभरका स्ववियुहरूसँग सुझाव माग गरेका छन् ।
त्रिविमा बर्खे र हिउँदे गरी वर्षमा दुई पटक सभा बस्नुपर्ने व्यवस्था छ । सोही आधारमा त्रिविले हिउँदे अधिवेशन बोलाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेरिङटनको शतक, नेपालसामु विशाल लक्ष्य
-
आयल निगमका गण्डकी प्रदेश प्रमुखलगायतलाई भ्रष्टाचार मुद्दा
-
प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार
-
नेपाल सद्भावना पार्टी बिक्रीमा !
-
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता : भलिबलतर्फ बझाङ र कैलालीलाई उपाधि
-
फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्ति रोक्न माग गर्दै ज्ञापनपत्र