त्रिभुवन विश्वविद्यालयले नीति अधिवेशन गर्दै
बिहीबार, २० मङ्सिर २०८१, ११ : ५६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी मङ्सिर २७ गते नीति अधिवेशन बोलाएको छ । त्रिवि प्रवक्ता यमनबहादुर बोहराका अनुसार त्रिविको विद्यमान नीतिबारे छलफल हुनेछ ।
त्यसमा नियम कानुनसँग सम्बन्धित विभिन्न एजेन्डाहरूमा समेत छलफल हुनेछ । त्रिविको हिउँदे अधिवेशनका नामले समेत चिनिएको नीति अधिवेशनले महत्त्वपूर्ण निर्णयहरू पारित गर्नेछ । त्रिविले यस विषयमा सरोकारवाला निकायसँग छलफल थालेको छ ।
सभा सदस्य तथा त्रिवि स्ववियु सभापति श्यामराज ओझाले आफूले समेत अधिवेशनका लागि तयारी गरिहरेको बताए । उनले देशभरका स्ववियुहरूसँग सुझाव माग गरेका छन् ।
त्रिविमा बर्खे र हिउँदे गरी वर्षमा दुई पटक सभा बस्नुपर्ने व्यवस्था छ । सोही आधारमा त्रिविले हिउँदे अधिवेशन बोलाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण