माटो स्वच्छ राख्ने दुई किसान सम्मानित
काठमाडौँ । एघारौँ विश्व माटो दिवसको अवसरमा दुई जना कृषक सम्मान भएका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले सिर्जना राई र सूर्य नारायण साहलाई सम्मान गरेको हो । उनीलाई १० हजार नगद र सम्मान पत्रसहित सम्मान गरिएको हो ।
माटोमा प्राकृतिक गुण कायम राखी माटो स्वच्छ बनाएकाले उनीलाई सम्मान गरिएको हो । देशभरबाट १० हजार ८ सय माटोको नमुना सङ्कलन गरी परीक्षण गर्दा सबैभन्दा राम्रो माटो पाइएकाले उनीहरूलाई सम्मान गरिएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीप्रसाद विष्टले बताए ।
सो दिवसको अवसरमा टिकटक भिडियो प्रतियोगितामा अनिश खनाल प्रथम, कन्चन अधिकारी दोस्रो र बिक्रम गिरी तेस्रो भएका छन् । ‘माटो सुधार: परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ यो वर्ष विश्व माटो दिवसका लागि टिकटक भिडियो प्रतियोगिता गराइको थियो । ६५ जना सहभागी भएका भिडियोमध्ये उनीहरू प्रथम, दोस्रो र तेस्रो भएका हुन् ।
माटो दिवसको अवसर पारेर आफ्नै मौलिकता झल्कने गरी माटोको महत्वलाई घर, खेत, बारीबाट बनाइएको टिकटक भिडियोलाई प्राथमिकता दिइएको कृषि विभागका बाली विकास अधिकृत भवानी खतिवडाले बताइन् । नेपाल सरकार र फुड एग्रिकल्चर अर्गनाइजेशन (एफएओ) को संयुक्त सहकार्यमा सो प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँ, दोस्रो हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार रुपैयाँ नगद, प्रमाणपत्र दिइएको छ ।
नेपालको खेतीयोग्य जमिनको ६६ प्रतिशत माटो अम्लीय प्रकृतिको, ५ प्रतिशत क्षारीय र २९ प्रतिशत माटो मात्र तटस्थ प्रकृतिको पाइएको छ । धेरै जसो बाली उत्पादनको लागि तटस्थ माटो उपयुक्त हुने सरोकारवालाले जनाएका छन् । नेपालले २०७२ सालदेखि विश्व माटो दिवस मनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण