दुई कम्पनीको लाभांश घोषणा, कसको कति ?
बिहीबार, २० मङ्सिर २०८१, १२ : ३७
काठमाडौँ । दुई कम्पनीको लाभांश घोषणा भएको छ । छिमेक लघुवित्त विकास बैंक र तारागाउँ रिजेन्सी होटलले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश घोषणा गरेका हुन् ।
छिमेक लघुवित्त विकास बैंकले यसपटक ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश समेत गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
त्यस्तै, तारागाउँ रिजेन्सी होटलले यसपटक ११ प्रतिशत नगद लाभांश मात्रै दिने उल्लेख गरेको छ ।
दुवै कम्पनीको लाभांश साधारणभाबाट पारित भएपछि वितरण हुनेछ । छिमेक लघुवित्तले भने साधारण सभाअघि राष्ट्र बैंकबाट लाभांश स्वीकृत समेत गराउनु पर्नेछ ।
आजै लाभांशसम्बन्धी निर्णय गरेको विन नेपाल लघुवित्तले भने यसपटक लाभांश नदिने निर्णय गर्दै सोही अनुसार नियामकबाट स्वीकृति लिने र साधारणसभामा प्रस्ताव लैजाने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण