म्याकमलेनको अर्धशतकसँगै सुदूरपश्चिमले काठमाडौँलाई दियो १६८ रनको लक्ष्य
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबार खेलिएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई जितका लागि एक सय ६८ रनको लक्ष्य दिएको छ । टस हारी ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ६७ रन बनाएको हो ।
सुदूरपश्चिम रोयल्सका लागि ब्रान्डन म्याकमलेनले अर्धशतक बनाएका छन् । उनले टोलीका लागि ५३ रनको योगदान गरे । यस क्रममा उनले केवल ३६ बलको सामना गरी चार छक्का र तीन चौका पनि हिर्काए । जारी एनपीएलमा बनेको यो आठौँ अर्धशतक हो ।
यसअघि, विराटनगर बोल्ट्सका ओपनर ब्याट्सम्यान लोकेश बम, कर्णाली याक्सका शिखर धवन, चितवन राइनोजका रवि बोपारा, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह, विराटनगर किङ्सका मार्टिन गप्टिल र जनकपुर बोल्ट्सका लाहिरु मिलनथाले अर्धशतक बनाएका थिए ।
_maMZCQi5ff.jpg)

काठमाडौँ गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सका लागि ओपनर ब्याट्सम्यान विनोद भण्डारीले पनि ३५ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान विनोदले २८ बलमा दुई छक्का र दुई चौका पनि प्रहार गरे । सुदूरपश्चिम रोयल्सले १७ रनको कुल स्कोरमै आफ्नो पहिलो विकेट गुमाएको थियो ।
ओपनर ब्याट्सम्यान सेफ अलि जेब नौ बलमा एक चौकाको मद्दतले ११ रन बनाउँदै पभेलियन फर्किएका थिए । त्यसपछि म्याकमलेन र विनोद भण्डारीले गतिलो साझेदारी गर्दै टोलीको स्कोरलाई एक सय तीन रनको स्थितिसम्म पुर्याएका थिए ।
टोलीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले पनि ४३ रनको योगदान गरे । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका दीपेन्द्रले केवल २५ रनको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । उनी केवल सात रनका कारण जारी एनपीएलमा व्यक्तिगत रूपमा दोस्रो अर्धशतक पुरा गर्नबाट चुके ।
_hBhJ4h0diV.jpg)
सुदूरपश्चिम रोयल्सले अतिरिक्त रूपमा पनि १० रन पायो । काठमाडौँ गुर्खाजका बलर रासिद खानले दुई विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिए । कप्तान करण केसी, साहब आलम र जेरहार्ड एरास्मसले पनि एक–एक विकेट हात पारे ।
जारी एनपीएलमा काठमाडौँ गुर्खाजले आफ्नो तेस्रो र सुदूरपश्चिम रोयल्सले आफ्नो दोस्रो खेल खेलिरहेका हुन् । काठमाडौँ गुर्खाज यसअघि खेलिएको दुईमध्ये एक खेलमा विजयी र एक खेलमा पराजित भएको छ । सुदूरपश्चिम रोयल्स भने आफ्नो पहिलो खेलमा विजयी भएको थियो ।
आफ्नो पहिलो खेलमा काठमाडौँ गुर्खाज चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा काठमाडौँ गुर्खाजले कर्णाली याक्सलाई तीन विकेटले हराएको थियो । सुदूरपश्चिम रोयल्सले भने आफ्नो पहिलो खेलमा विराटनगर किङ्समाथि ९० रनको जित हात पारेको थियो ।
_u7vCiuAre8.jpg)
तीन खेल खेलेको जनकपुर बोल्ट्स ६ अङ्कसहित तालिकाको पहिलो स्थानमा आसिन छ । दुई खेल खेलेको चितवन राइनोज चार अङ्कसहित दोस्रो स्थानमा छ । दुई खेल खेलेको काठमाडौँ गुर्खाज दुई अङ्कसहित तेस्रो र एक खेलबाट दुई अङ्क बटुलेको सुदूरपश्चिम रोयल्स चौथो स्थानमा छन् ।
यसैगरी, तीन खेल खेलेको विराटनगर किङ्स दुई अङ्कसहित तालिकाको पाँचौँ स्थानमा आसिन छ । एक खेल खेलेको लुम्बिनी यालन्स, दुई खेल खेलेको पोखरा एभेन्जर्स र दुई खेल खेलेको कर्णाली याक्सले भने अङ्क बटुल्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण