ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा सबैले सिक्न योग्य काम गर्नुपर्छ : चिरीबाबु महर्जन
ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा सबैले सिक्न योग्य हुनेगरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।
विश्व स्वयंसेवक दिवसका अवसरमा महानगरद्वारा आज ललितपुरमा आयोजित २५औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसमा बोल्दै उनले महिला स्वास्थ्य स्वयंसेविकाहरुले उत्कृष्ट काम गरेको बताए । उनले स्वास्थ्य स्वयंसेविकाहरुका लागि प्रत्येक वर्ष कुनै न कुनै काम गरिरहेको उल्लेख गरे ।
“तपाईंहरुको हरेक कामको मूल्याङ्कन हुन्छ, यस वर्ष स्वयंसेवक कोषमा नौ लाख रुपैयाँ जम्मा गरिदिनेछौँ”, प्रमुख महर्जनले भने । उनले दिगो विकास लक्ष्य २०३० को उपलब्धि हासिल गर्न बालबालिकाको मृत्युदर र मातृ मृत्युदर कम गर्न स्वयंसेविकाहरुलाई जिम्मेवारीपूर्वक लाग्न आग्रह गरे ।
महानगरका प्रवक्ता, सामाजिक विकास समितिका संयोजक एवं वडा नं ९ का अध्यक्ष राजु महर्जनले सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले समाजलाई सशक्त बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा भुवन पौडेलले मातृमृत्युदर र बालमृत्युदर घटाउने महत्त्वपूर्ण भूमिकामा स्वास्थ्य स्वयंसेविकाहरु रहेकाले उनीहरूलाई उत्साहित र प्रोत्साहित गरेर अझै सुधार ल्याउनुपर्ने बताए ।
ललितपुर महानगर जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले पछिल्लो समयमा स्वयंसेविकाहरुले आमा र बच्चाको स्वास्थ्यमात्रै नभई दीर्घरोगका बारेमा समेत चेतना जगाउँदै सजग बनाएको बताइन् । ललितपुर महानगरमा हाल एक सय ८७ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण