देवेन्द्र फडणवीसले लिए महाराष्ट्रको मुख्यमन्त्रीको शपथ, एकनाथ शिन्दे र अजित पवार बने उपमुख्यमन्त्री
मुम्बई । भाजपा नेता देवेन्द्र फडणवीसले महाराष्ट्रको मुख्यमन्त्रीको शपथ लिएका छन् । शिवसेना (शिन्दे) प्रमुख एकनाथ शिन्दे र एनसीपी (अजित) प्रमुख अजित पवार उपमुख्यमन्त्री हुनेछन्।
यो शपथ ग्रहण समारोह मुम्बईको आजाद मैदानमा आयोजना गरिएको थियो। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित एनडीए शासित राज्यका मुख्यमन्त्री र उपमुख्यमन्त्रीहरू, केन्द्रीय मन्त्रीहरू र अन्य एनडीए नेताहरू पनि उपस्थित थिए ।
भाजपा नेतृत्वको महायुती गठबन्धनले महाराष्ट्र विधानसभा चुनाव जितेको थियो। यस गठबन्धनमा समावेश भारतीय जनता पार्टी (भाजपा) ले १३२ सिट, एकनाथ शिन्देको शिवसेनाले ५७ सिट र अजित पवारको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)ले ४१ सिट जितेको छ। महायुतीले २३० सिट जितेर सत्तामा फर्केको हो ।
उपमुख्यमन्त्रीको शपथ लिनुअघि एकनाथ शिन्देले बाला साहेब ठाकरे, आनन्द दिघे, प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिएका थिए। राज्यपाल पी राधाकृष्णनले उनलाई रोकेपछि उनले पद र गोपनीयताको शपथ लिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण