सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट पूर्व प्रधानमन्त्री शेख हसिनाको ‘घृणापूर्ण’ भाषण हटाउन आदेश
ढाका । बंगलादेशको इन्टरनेशनल क्रिमिनल ट्रिब्युनल (आईसीटी) ले पूर्व प्रधानमन्त्री शेख हसिनाको सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उपलब्ध ‘घृणापूर्ण’ भाषण हटाउन आदेश दिएको छ।
बीबीसी बांग्लाका अनुसार अदालतले बंगलादेशको दूरसञ्चार नियामक आयोग (बीटीआरसी) लाई शेख हसिनाका 'घृणायुक्त भाषणहरू' जतिसक्दो चाँडो सबै प्रकारका मिडियाबाट हटाउन आदेश दिएको हो। बिहीबार न्यायाधिकरणका अध्यक्ष न्यायाधीश गुलाम मुर्तजा मजुमदारको अध्यक्षतामा रहेका तीन न्यायाधीशले यस्तो आदेश दिएका हुन् ।
केही दिनयता शेख हसिनाको भाषणका केही भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । बंगलादेशको राजनीतिक उथलपुथलका बिच शेख हसिना आफ्नो देश छोडेर भारत आएकी थिइन् । अहिले पनि उनी त्यहीँ छिन् ।
भाषणमा प्रतिबन्ध लगाउन माग गर्दै वकिलहरूले भने, ‘एक अभियुक्त शेख हसिनाको बयान र फोन वार्तालापको अडियो केही सामाजिक सञ्जाल र मिडिया प्लेटफर्महरूमा लिक भएको छ। त्यसैले अन्तरिम सरकारले उनीमाथि छानबिन गरिरहेको छ।’
वकिलहरूले भने, ‘घृणित भाषण संसारभरि अपराध हो, त्यसैले हामीले यसलाई प्रतिबन्ध लगाउन अपिल गरेका थियौँ । मिडियामा उपलब्ध सबै त्यस्ता भाषणहरू हटाउन माग गरेका थियौँ। सुनुवाइ पछि, अदालतले निवेदन स्वीकार गर्यो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण