त्रिवि आमसञ्चार केन्द्रीय विभाग र बोर्डबिच शोधवृत्ति प्रदान गर्ने विषयमा सम्झौता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र विज्ञापन बोर्डबीच विद्यार्थीलाई शोधवृत्ति प्रदान गर्ने विषयमा आज सहमति भएको छ ।
पत्रकारिता तथा आमसञ्चार क्षेत्रमा स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि गरिरहेका विद्यार्थीहरूले विज्ञानसम्बन्धी विषयमा खोज, अनुसन्धान गरेमा त्यस्तो शोधवृत्ति उपलब्ध गराउने सम्झौता भएको हो । यहाँ आयोजित कार्यक्रममा विभागका प्रमुख डा कुन्दन अर्याल र बोर्ड कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
विज्ञापन बोर्डका अध्यक्ष हुमागाईंले विज्ञापनको क्षेत्रमा अध्ययन अनुसन्धान हुन नसकेकोले त्यसलाई प्रवर्द्धन गर्न शोधवृत्तिको व्यवस्था गरिएको जानकारी दिए । विभाग प्रमुख डा अर्यालले विद्यार्थीहरुलाई आकर्षित गर्न बोर्डले गरेको शोधवृत्तिको सराहना गर्दै यसले विज्ञापनको अध्ययनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार
-
नेपाल सद्भावना पार्टी बिक्रीमा !
-
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता : भलिबलतर्फ बझाङ र कैलालीलाई उपाधि
-
फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्ति रोक्न माग गर्दै ज्ञापनपत्र
-
प्रतिनिधिसभाको बैठक साेमबारसम्मका लागि स्थगित
-
घरधनी आफैँले हटाउन थाले जडीबुटी-पेप्सीकोला सडकका अवैध संरचना (तस्बिरहरू)