त्रिवि आमसञ्चार केन्द्रीय विभाग र बोर्डबिच शोधवृत्ति प्रदान गर्ने विषयमा सम्झौता
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र विज्ञापन बोर्डबीच विद्यार्थीलाई शोधवृत्ति प्रदान गर्ने विषयमा आज सहमति भएको छ ।
पत्रकारिता तथा आमसञ्चार क्षेत्रमा स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि गरिरहेका विद्यार्थीहरूले विज्ञानसम्बन्धी विषयमा खोज, अनुसन्धान गरेमा त्यस्तो शोधवृत्ति उपलब्ध गराउने सम्झौता भएको हो । यहाँ आयोजित कार्यक्रममा विभागका प्रमुख डा कुन्दन अर्याल र बोर्ड कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
विज्ञापन बोर्डका अध्यक्ष हुमागाईंले विज्ञापनको क्षेत्रमा अध्ययन अनुसन्धान हुन नसकेकोले त्यसलाई प्रवर्द्धन गर्न शोधवृत्तिको व्यवस्था गरिएको जानकारी दिए । विभाग प्रमुख डा अर्यालले विद्यार्थीहरुलाई आकर्षित गर्न बोर्डले गरेको शोधवृत्तिको सराहना गर्दै यसले विज्ञापनको अध्ययनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण