नेपाल प्रहरीको विभिन्न पदमा नयाँ भर्ना खुला (सूचनासहित)
शुक्रबार, २१ मङ्सिर २०८१, ०८ : २१
काठमाडौँ । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेकाे छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।
खुला तथा समावेशीसहित प्रहरी जवान पदका लागि एक हजार १६५ जनाका लागि आवेदन माग गरिएको छ । यस्तै भान्छेका लागि ४७ जना माग गरिएको छ भने कुचीकारका लागि ११ जना माग गरेको छ ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले मङ्सिर २७ गतेदेखि माघ ७ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्द्रागिरिमा युवतीमा चक्कु प्रहार : आरोपीको बयान– विदेशबाट पैसा पठाउँथे, अहिले चिन्दिनँ भनिन्
-
कान सफा गर्दा ध्यान दिनुपर्ने कुरा
-
रातो अङ्गुरले पुरुषको यौन क्षमता बढाउँछ : अध्ययन
-
विपिन जोशीको रिहाइबारे आरजु : थप आशावादी भएका छौँ
-
इन्डिगोको विमानमा बम राखेको धम्की आएपछि...
-
लस एञ्जलसको डढेलोका कारण पछि सर्यो ओस्करको मनोनयन