रविमाथि प्रतिरोध नै साधियो भन्ने लाग्छ : बाबुराम
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन् । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई कास्की पुगेर भट्टराईले भेट गरेका हुन् ।
भेटपछि उनले लामिछानेमाथि राज्यले प्रतिशोन नै साधेको देखिएको उल्लेख गरे । उनले भने 'जुन किसिमले उहाँलाई एकपछि अर्को दुख दिने काम भएको छ, यो अल्लि अस्वाभाविक र अन्यायपूर्ण देखिन्छ । त्यसैले उहाँको अवस्थाबारे जानकारी लिऊँ भनेर भेटेको हो । उहाँले पनि आफूमाथि राजनीतिक प्रतिशोध नै भएको बताउनुभयो । घटनाक्रमले पनि त्यस्तै देखाउँछ । '
सहकारीसँग सम्बन्धित समस्याको जारो धेरै फैलिएको पनि उनले बताए । सत्तारुढ दलकै नेताको वरिपरि सहकारीको रकम धेरै अपचलन भएको भन्दै उनले बचतकर्ताको समस्या समाधान पनि नगर्ने र नयाँ शक्तिहरूलाई पनि तर्साउने काम भएको उल्लेख गरे ।
भेटमा रविले सहकारी अपचलनसम्बन्धी अनुसन्धानमा सघाउन आफू तयार रहेको बताएको डा भट्टराई ले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण