बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

भारत र बंगलादेश एसीसी यू–१९ एसिया कपको फाइनलमा

शुक्रबार, २१ मङ्सिर २०८१, १६ : ५५
शुक्रबार, २१ मङ्सिर २०८१

काठमाडौँ । भारत र बंगलादेश एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन् । फाइनल खेल संयुक्त अरब इमिरेट्स (यूएई) मा आइतबार खेलिने छ ।

शुक्रबार खेलिएको सेमिफाइनल खेलमा भारतले श्रीलंकालाई सात विकेटले हरायो । पहिले ब्याटिङ गरेको श्रीलंकाले ४६.२ ओभरमा अलआउट हुनुअघि एक सय ७३ रन बनायो । जवाफमा भारतले २१.४ ओभरमै केवल तीन विकेट गुमाएर लक्ष्य पुरा ग¥यो ।

अर्को सेमिफाइनल खेलमा बंगलादेशले पाकिस्तानलाई सात विकेटले पराजित गर्यो । पहिले ब्याटिङ गरेको पाकिस्तानले ३७ ओभरमै अलआउट हुनुअघि एक सय १६ रनमात्र बनाउन सक्यो । जवाफमा बंगलादेशले २२.१ ओभरमै केवल तीन विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप