बीआरआई सहमतिमा विवाद गर्नुपर्ने कारण छैन : रमेश लेखक
शनिबार, २२ मङ्सिर २०८१, १३ : २०
विराटनगर । सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखकले बीआरआई सहमतिमा विवाद गर्नुपर्ने कारण नभएको बताएका छन् । कांग्रेसको कोशी प्रदेशको पहिलो सम्मेलनलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।
‘बीआरआई सम्झौता काङ्ग्रेसको धारणा, सल्लाह र सहमति अनुसार भएको हो । हामीले ऋण नलिने भनिसकेका छौँ । प्रधानमन्त्रीले पनि भनिसक्नुभएको छ । यश विषयमा विवाद गर्नु जरुरी छैन । अनुदान र सहायता लिने भनेका हौँ’ उनले भने ।
कांग्रेस एमाले मिलेर बनाएको समीकरण फगत केही मानिसलाई मन्त्री बनाउनका लागि मात्रै नभएको उनले बताए । ‘संविधान र यो व्यवस्थाको रक्षा गर्न, भ्रष्टाचारको अन्त्य, दिगो शान्ति, सुशासनतिर जान समीकरण बनाएको हो । संविधान संशोधनको विषय प्राथमिकता हो । संविधान संशोधनको विषयमा आन्तरिक छलफल सुरु भएको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण