समाचार
धनगढीका मेयर गोपाल हमाललाई मस्तिष्कघात, दिल्ली रेफर गरियो
शनिबार, २२ मङ्सिर २०८१, १५ : ०६
१
धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्क घातको समस्या देखिएको छ । मस्तिष्क घात (ब्रेन अट्याक)को समस्याको देखिएपछि मेयर हमाललाई शुक्रवार राति नै अस्पताल भर्ना गरिएको थियो । धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको उपचार सम्भव नभए आज उनलाई दिल्ली रेफर गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. मोहन साउदले मेयर हमाललाई मस्तिष्कको पक्षघात अर्थात Stroke (cerebellum infraction) को समस्या देखिएको बताए । उक्त रोगको उपचार यहाँ सम्भव नभएपछि हमाललाई दिल्ली रेफर गरिएको उनले जानकारी दिए । यद्यपि मेयर हमालको अवस्था खतरामुक्त रहेको डाक्टर साउदको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण