बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय

‘अध्ययन गरेर मात्रै निर्माण व्यवसायीलाई ऋण तिर्न म्याद थप गर्ने विषयमा निर्णय गर्न सकिन्छ’

शनिबार, २२ मङ्सिर २०८१, १८ : १०
शनिबार, २२ मङ्सिर २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले निर्माण व्यवसायीहरूलाई ऋण तिर्न म्याद थप गर्ने विषयमा आवश्यक अध्ययन गरेर मात्रै निर्णय गर्न सकिने बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) आयोजित एक कार्यक्रम उनले यस्तो बताएका हुन् ।

सरकारले भुक्तानी नगरेको अवस्थालाई दृष्टिगत गर्दै मौद्रिक नीतिमार्फत निर्माण व्यवसायीलाई ऋण तिर्ने म्याद मङ्सिर मसान्तसम्म थप गरिएको थियो । तर, सरकारले अझै भुक्तानी दिन सकेको छैन, फलस्वरूप निर्माण व्यवसायीहरूले ऋण तिर्न पनि सकेका छैनन् । यता मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा पनि यसबारे केही उल्लेख गरिएको छैन । त्योअनुसार मङ्सिर मसान्त भित्र ऋण नतिरेमा निर्माण व्यवसायीहरू कालोसूचीमा पर्ने जोखिम बढेको छ । तसर्थ, यसमा आवश्यक सहजीकरण गर्नुपर्ने निर्माण व्यवसायीहरूको माग छ । 

तर, यसमा आवश्यक अध्ययन गरेर मात्रै निर्णय गर्न सकिने उनले बताए । वित्तीय क्षेत्रमा कुनै समस्या नपर्ने गरि यसबारे निर्णय लिनुपर्ने उनको भनाइ छ । 

‘यो विषयमा अहिले मैले केही बोल्न सक्ने अवस्था छैन । तर, अध्ययन गरेर उचित निर्णय लिन सकिन्छ । निर्माण व्यवसायीलाई पाँच महिना समय दिँदा पनि ऋण असुल हुन सकेन । निर्माण व्यवसायीको मात्रै भन्दा पनि बैंकिङ व्यवसायको पनि समस्या पनि हेर्नुपर्छ,’ उनले भने, ‘मौद्रिक नीति निकै चुनौतीपूर्ण समयमा ल्याएको हो । बैंकिङ क्षेत्रमा पनि समस्या समाधान होस् भनेर नीति लाइएको हो । ऋणको पुनः संरचना र पुनः तालिकीकरण गर्न पाउने व्यवस्था पनि गरिएको छ । तर, यसको प्रभाव बारे पनि हामीले ध्यान दिन आवश्यक छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप