ओल्ड ट्राफोर्डमा ३० वर्षपछि नटिङघमको पहिलो जित, म्यान्चेस्टर युनाइटेड स्तब्ध
आइतबार, २३ मङ्सिर २०८१, ०२ : १५
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको रक्षात्मक गल्तीको फाइदा उठाउँदै नटिङघम फरेस्टले ओल्ड ट्राफोर्डमा ३० वर्षपछि पहिलो पटक जितको सफलता हासिल गरेको छ ।
म्यान्चेस्टर युनाइटेडले भने सिजनमा लगातार दोस्रो हारको सामना गर्नु परेको छ । म्यान्चेस्टर युनाइडेड म्यानयु घरेलु मैदान ओल्ड ट्राफोर्डमा ३-२ ले हारेको हो । अघिल्लो खेलमा म्यान्चेस्टर सिटीसँग हारेको नटिङघमका लागि निकोला मिलेन्कोभिक, मोर्गन गिब्स ह्वाइट र क्रिस उडले गोल गरे ।
यता, म्यानयुका रासमस होजलुन्ड र ब्रुनो फर्नाडेजले एक-एक गोल गरे । हारपछि म्यानयु अंक तालिकाको १३औं स्थानमा पुगेको छ भने नटिङघम २५ अंकसहित पाँचौ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण