ओल्ड ट्राफोर्डमा ३० वर्षपछि नटिङघमको पहिलो जित, म्यान्चेस्टर युनाइटेड स्तब्ध
आइतबार, २३ मङ्सिर २०८१, ०२ : १५
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको रक्षात्मक गल्तीको फाइदा उठाउँदै नटिङघम फरेस्टले ओल्ड ट्राफोर्डमा ३० वर्षपछि पहिलो पटक जितको सफलता हासिल गरेको छ ।
म्यान्चेस्टर युनाइटेडले भने सिजनमा लगातार दोस्रो हारको सामना गर्नु परेको छ । म्यान्चेस्टर युनाइडेड म्यानयु घरेलु मैदान ओल्ड ट्राफोर्डमा ३-२ ले हारेको हो । अघिल्लो खेलमा म्यान्चेस्टर सिटीसँग हारेको नटिङघमका लागि निकोला मिलेन्कोभिक, मोर्गन गिब्स ह्वाइट र क्रिस उडले गोल गरे ।
यता, म्यानयुका रासमस होजलुन्ड र ब्रुनो फर्नाडेजले एक-एक गोल गरे । हारपछि म्यानयु अंक तालिकाको १३औं स्थानमा पुगेको छ भने नटिङघम २५ अंकसहित पाँचौ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो चरणको युद्धविराम विफल भए हमासविरुद्ध फेरि युद्ध गर्ने नेतन्याहूको घोषणा
-
तीन इन्धन डिपो सार्दै आयल निगम, कहाँ कति लाग्छ लागत ?
-
चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद
-
ला लिगामा बार्सिलोनालाई फेरि ठक्कर
-
पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आजको मौसम ?
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल