तिलुको ठट्यौली रत्यौली गीत ‘फ्याट्ट पोइल’ सार्वजनिक
आइतबार, २३ मङ्सिर २०८१, ११ : ०४

काठमाडौँ । तिलु शर्मा पौडेलको रत्यौली गीत ‘फ्याट्ट पोइल’ सार्वजनिक भएको छ । परम्परागत रत्यौलीहरू लोपोन्मुख अवस्थामा रहेको समय पौडेलले त्यसको जर्गेना गर्न बाबा इन्टरटेन्मेन्ट मार्फत यो गीत ल्याएकी हुन् ।
रत्यौलीमा परम्परागत शैलीमा लाहुरे र जोगी बनेर गरिने नृत्य घरभित्रको कथा गीत मार्फत गुन्जिने गर्छ । जवान भएकी छोरीलाई माइती पक्षसँग केही कुरामा चित्त नबुझेपछि पोइला गइदिन्छु नि ! भन्ने भाव नै गीतको सार हो ।
पछिल्लो समय नेपाली लोक दोहोरीमा जमेकी गायिका अस्मिता डल्लाकोटी र प्रवेश पौडेल रहेको गीतमा सङ्गीत संयोजन याम थापा मगरले गरेका छन् । गतिको भिडियोमा स्मारिका ढकाल, सरोज प्रजा, सुरेश कोहली र सम्झना थापा छेत्रीको अभिनय छ । भिडियोमा गायिका डल्लाकोटी दुलही र गायक शक्ति कुमार गोदारले दुलाहाको भूमिकामा अभिनय गरेका छन् ।