तिलुको ठट्यौली रत्यौली गीत ‘फ्याट्ट पोइल’ सार्वजनिक
आइतबार, २३ मङ्सिर २०८१, ११ : ०४
काठमाडौँ । तिलु शर्मा पौडेलको रत्यौली गीत ‘फ्याट्ट पोइल’ सार्वजनिक भएको छ । परम्परागत रत्यौलीहरू लोपोन्मुख अवस्थामा रहेको समय पौडेलले त्यसको जर्गेना गर्न बाबा इन्टरटेन्मेन्ट मार्फत यो गीत ल्याएकी हुन् ।
रत्यौलीमा परम्परागत शैलीमा लाहुरे र जोगी बनेर गरिने नृत्य घरभित्रको कथा गीत मार्फत गुन्जिने गर्छ । जवान भएकी छोरीलाई माइती पक्षसँग केही कुरामा चित्त नबुझेपछि पोइला गइदिन्छु नि ! भन्ने भाव नै गीतको सार हो ।
पछिल्लो समय नेपाली लोक दोहोरीमा जमेकी गायिका अस्मिता डल्लाकोटी र प्रवेश पौडेल रहेको गीतमा सङ्गीत संयोजन याम थापा मगरले गरेका छन् । गतिको भिडियोमा स्मारिका ढकाल, सरोज प्रजा, सुरेश कोहली र सम्झना थापा छेत्रीको अभिनय छ । भिडियोमा गायिका डल्लाकोटी दुलही र गायक शक्ति कुमार गोदारले दुलाहाको भूमिकामा अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण