आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

काठमाडौँमा जुवातास खेलिरहेका १६ जना पक्राउ

आइतबार, २३ मङ्सिर २०८१, १३ : ४१
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । राजधानी काठमाडौँका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् ।

 काठमाडौँ महानगरपालिका-१५ डल्लु बस्ने ६० वर्षीय दिल बहादुर लाम्गादेको घरमा जुवातास खेलिरहेको अवस्थामा दिल बहादुर समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार २ सय ८० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौँ, नागार्जुन नगरपालिका-३ गैरीगाउँ बस्ने हर्क बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय दोर्जे लामा समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९९ हजार ७ सय ४५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप