एकैदिन ४६ अंकले घट्दा सेयर बजार २७ सय मुनि
काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) एकैदिन ४६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) बजार ४५.९३ अंकले घटेर २ हजार ६८९ अंकमा झरेको हो । बिहीबार बजार उक्त परिसूचक २ हजार ७३४.९३ विन्दुमा थियो । आज बजारमा ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको १ करोड ४१ दाख कित्ता सेयर कारोबार भयो ।
बजारमा आज २१४ कम्पनीको सेयर मूल्य घट्दा २७ कम्पनीको मूल्य बढेको छ । तीन कम्पनीको मूल्य स्थिर रहेको देखिन्छ । आज बजारमा सबै प्रकारका परिसूचक र उपसूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट जीवनबीमा समूहको ३.०८ प्रतिशतले हुँदा सबैभन्दा थोरै उत्पादन तथा प्रशोधनमूलक उद्योगको ०.३२ प्रतिशतले मूल्य घटेको छ ।
आज बजारमा मानुषी लघुवित्त, एलआईसी नेपाल र जोशी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट ब्रेकर लाग्दा सामुदायिक लघुवित्तको सेयर मूल्य समेत ९.९७ विन्दुले घटेको छ । खानीखोला हाइड्रोपावरको सेयर मूल्य भने सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ ।
आज बजारमा कारोबार रकम, कारोबार भएको सेयर संख्या र कारोबार संख्याका आधारमा फरक फरक कम्पनी सबैभन्दा अगाडि देखिएका छन् । कारोबार रकमका आधारमा एनआरएन इन्फास्ट्रक्चर ३२ करोड ६४ लाखसहित अगाडि हुँदा कारोबार भएको सेयर संख्याका आधारमा लक्ष्मी उन्नति कोष २० लाख इकाइ तथा कारोबार संख्याका आधारमा नेपाल फाइनान्स १८१० पटक कारोबार भएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण