संसद्ले गर्ने निर्णय कार्यान्वयन गर्न नसक्दा संसद् सेवा प्रभावकारी हुन सकेन : अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्ले गरेका काम र निर्णयहरू व्यवहारमा लागू गर्न नसक्दा संसद् सेवा प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन् ।
आइतबार १८ औँ संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संसद्, सरकार र सरकारी संयन्त्रहरूले जनता राष्ट्रको हित हुनेगरी निर्णय गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको कारणले संसद्को भूमिका प्रभावकारी हुन नसकेको बताएका हुन् । उनले संसद्को भूमिका प्रभावकारी बनाउन विगतमा गर्न नसकेका कामहरूको कारणसहित उजागर गर्न आवश्यक रहेको बताए । निर्णय गरिएका विषयहरु मिडियामा प्रचारबाजी गर्नुभन्दा व्यवहारमा लागू गर्न आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले सांसदहरूलाई विकास निर्माणमा केन्द्रित गर्ने कि विधेयक निर्माणमा भन्ने बहस हुन आवश्यक रहेको बताइन् । उनले सांसदहरूसँगै संसद् सेवाले काम गर्नुपर्ने भएको हिसाबले जनतासँग जोडिएको उल्लेख गर्दै विकास निर्माणसँगै कानुन निर्माणमा ध्यान दिन जरुरी रहेको बताइन् । अधिकांश सांसदहरू कानुन निर्माणभन्दा विकास निर्माणका काममा सक्रियता देखाइरहेको उल्लेख गर्दै उनले सिद्धान्ततः कानुन निर्माणमै जोड दिन आवश्यक रहेको समेत स्पष्ट पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण