भयानक अवतारमा देखिँदैछन् सञ्जय दत्त
नयाँदिल्ली । बलिउडका दिग्गज अभिनेता सञ्जय दत्तको हातमा यतिबेला अर्काे एउटा ठुलो फिल्म छ । यो फिल्ममा उनी डरलाग्दो खलनायकको भूमिकामा देखिँदैछन् ।
साजिद नाडियाडवालाको बहुप्रतिक्षित फिल्म ‘बाघी ४’ मा सञ्जय टाइगर श्राफको अपोजिट देखिँदैछन् । मेकरहरूले फिल्मका लागि सञ्जय दत्तको एक दमदार फर्स्ट लुक पोस्टर जारी गरेका छन् ।
यसमा उनी भयङ्कर देखिएका छन् । पोस्टरमा सञ्जय दत्त रगतले लतपतिएको सिंहासनमा बसेका छन् । उनको हातमा एक मृत महिला छिन् ।
उनको मुहार पीडा र क्रोधले भरिएको छ । ‘हर खलनायक आशिक होता है’ पोस्टरमा यति मात्रै लेखिएको छ ।
रिलिज हुने बित्तिकै यो पोस्टर सामाजिक सञ्जालमा भाइरल हुन थालेको छ । यसले फ्यानहरूमा कौतुहलता बढाएको छ ।
सञ्जय दत्तको दमदार व्यक्तित्व र स्क्रिनमा उनको दमदार उपस्थितिले बागी–४ लाई थप रोमाञ्चक बनाउने देखिन्छ । ए हर्षाको निर्देशनमा बनेको ‘बागी ४’ मा जबरजस्त एक्सन हुनेछ ।
एक्सन स्टार टाइगर श्राफ मुख्य भूमिकामा रहेको बागी फ्रेन्चाइज रोमाञ्चक दृश्य र मनोरञ्जनात्मक कथाका लागि चर्चित छ । फिल्म साजिद नाडियाडवालाको नाडियाडवाला ग्र्यान्डसन इन्टरटेनमेन्टले बनाउन लागेको हो ।
यो २०२५ को सेप्टेम्बर ५ मा रिलिज हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण