‘बीबीसी स्पोर्टस पर्सनालिटी अफ दि इयर अवार्ड’ को सूचि सार्वजनिक
काठमाडौँ । बीबीसी स्पोर्टस पर्सनालिटी अफ दि इयर अवार्ड–२०२४ का लागि विभिन्न खेलका ६ जना खेलाडीको नाम सार्वजनिक गरिएको छ । विश्वका लोकप्रिय खेल फुटबल र क्रिकेट खेलाडीले पनि मनोनयनमा स्थान पाएका छन् ।
सोमबार सार्वजनिक गरिएको उक्त मनोनयनमा फुटबलका जुड बेलिङ्घम र क्रिकेटका जो रुटले स्थान पाएका छन् । इङ्ल्यान्डको राष्ट्रिय टोलीका प्रभावशाली सदस्यसमेत रहेका २१ वर्षीय बेलिङ्घम स्पेनिस ला लिगा क्लब रियल म्याड्रिडबाट ब्यवसायिक फुटबल खेल्छन् ।
यसैगरी जो रुट इङ्ल्यान्डका प्रभावशाली अलराउन्डर हुन् । ३३ वर्षीय रुटले इङ्ल्यान्डका लागि तीन सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजारभन्दा बढी रन बनाइसकेका छन् ।
यसका अतिरिक्त अवार्डका लागि अन्तिम ६ खेलाडीको सूचिमा धावक किली हजकिन्सन, डार्टसका लुक लिटलर, पारा साइक्लिस्ट सारा स्टोरी र ट्रायलथनका एलेक्स यीले पनि स्थान पाएका छन् । अवार्डका लागि भोटिङ डिसेम्बर १७ तारिखदेखि सुरु हुने बीबीसीले जनाएको छ ।
कार्यक्रममा वर्षको सर्वोत्कृष्ट युवा खेलाडी, वर्षको सर्वोत्कृष्ट टोली, वर्षको सर्वोत्कृष्ट प्रशिक्षकलगायतका अवार्ड पनि प्रदान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुनरावेदन दिएमा थुना बाहिरै बसेर मुद्दा लड्न पाउँछन् बालकृष्ण खाण
-
पुँजी बजार सुधारको स्पष्ट खाका खोज्दै सांसदहरू, अर्थ समितिद्वारा १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
-
राघव जुयालसँग डेटिङको हल्लामा के भन्छिन् शहनाज गिल ?
-
जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान डम्पिङ साइटमा परिणत
-
आईपीओको ‘१० कित्ते’ नीति पुनरावलोकन गर्न अर्थ मन्त्रालयको सुझाव
-
९१ वर्षीय अर्जेन्टिनी पत्रकार, जसले लगातार १८औँ विश्वकपको रिपोर्टिङ गरिरहेका छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण