दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
तनहुँ । तनहुँका दुई स्थानीय तह जोड्न पक्की पुल निर्माण सुरु भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ तल्लो डुम्रेस्थित चुँदीखोलामाथि पक्की पुल निर्माण सुरु भएको हो ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यहाँ पुल निर्माण हुन लागेको छ । डुम्रे बेँसीसहर सडकअन्तर्गत बन्दीपुर–१ र भानु–१ भन्सारस्थित चुँदीखोलामाथि रहेको पुलको वैकल्पिक मार्गका रुपमा यहाँ पुल निर्माण सुरु भएको हो । भन्सारस्थित उक्त पुल साँघुरो रहेका कारण यहाँ फराकिलो पुल निर्माणको काम थालिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
रु दश करोड १० लाख ९१ हजार १६६ को लागतमा पुल निर्माणका लागि सम्झौता भएको कार्यालय प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए । तिवारीका अनुसार पुल निर्माणका लागि एमएस आइएसस निर्माण सेवा सुर्खेतसँग विसं २०८१ असार १० गते सम्झौता भएको थियो ।
पुल निर्माणको काम विसं २०८३ असार ९ गते सम्पन्न गर्ने म्याद रहेको तिवारीले जनाए । पुल ४० मिटर लम्बाइको हुनेछ । हाल पुलको फाउण्डेसनको काम भइरहेको छ । पुल निर्माणका लागि चालु आर्थिक वर्षमा रु दुई करोड ३६ लाख ८२ हजार बजेट विनियोजन भएको छ । पुल निर्माणपश्चात आँबुखैरेनीतर्फ आउने सवारी साधन डुम्रेबजार नपुगी यहीँबाट भन्सार हुँदै बेँसीसहर जान सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको थुनछेक बहस सकिएन, आइतबार ८ वकिलले बहस गर्ने
-
युवाहरूमा नकारात्मक प्रवृत्ति हाबी भयो : नगरप्रमुख ढकाल
-
के युक्रेनमा सम्भव छ कोरियाजस्तो युद्धविराम ?
-
अखिल क्रान्तिकारीको ३३ पदाधिकारीका लागि १५५ जनाको उम्मेदवारी
-
आगलागी बढ्न सक्नेतर्फ सचेत हुन आग्रह
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुहिरोले उडान प्रभावित गर्न सक्दैन : अर्थमन्त्री पौडेल