बीआरआई नेपालको हितमा छ, अमेरिकाले चासो राख्नु स्वाभाविक : प्रचण्ड
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालको हितमा रहेको बताएका छन् ।
चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको उनले बताए।
चितवनमा मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले इन्डो प्यासेफिक स्ट्राटिजी (आइपिएस) र बिआरआईका सन्दर्भमा यस्तो बताएका हुन् ।
उनले भने, ‘बीआरआईप्रति, एमसीसीप्रति सबैको चासो हुने नै गर्छ । किनभने अहिले चीन र अमेरिका मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् र दुई जनाको रणनीति अगाडि आउँदाखेरी एकअर्काले कन्सर्न राख्नु स्वाभाविकै हो । प्रधानमन्त्रीमा मेरो दोस्रो कार्यकालमा बीआरआईका लागि सम्झौता गरिएको हो । त्यही अनुसार अहिले अगाडि जानुपर्नेमा कन्फ्युजन छ । तर यो अगाडि बढ्नुपर्छ ।’
यस्तै प्रचण्डले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताए । उनले भने, ‘हाम्रो ध्यान सरकारतिर छैन । हाम्रो ध्यान जनतातिर छ । जनतालाई परिचालन गर्नेतर्फ नै छ । सरकारका कामको खबरदारी गरिररहन्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द
-
डिजिटल विज्ञापनदेखि एआई ‘डिपफेक’सम्म नियमन गर्ने राष्ट्रिय विज्ञापन नीति स्वीकृत
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति
-
एउटै विद्यालयमा तीन वर्ष पूरा भएका शिक्षकको सरुवा अनिवार्य, केहीलाई भने छुट
-
आङ सान सुकीको अवस्था अज्ञात
-
न्युजिल्याण्ड पठाउने प्रलोभनमा ९ लाख ८० हजार ठगी गर्ने भारतीय नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण