त्रिविको नीति अधिवेशनपछि मात्रै डीन नियुक्त गरिने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले डीन र क्याम्पस प्रमुखको नियुक्तिमा ढिलाइ गरेको छ । विभिन्न ८ वटा संकायका डीन र १४ वटा क्याम्पसका क्याम्पस प्रमुखको नियुक्तिमा ढिलाइ गरेको हो ।
पदाधिकारीहरूबिच भागबन्डा नमिल्दा नियुक्तिमा ढिलाइ भइरहेको आरोप लागेको छ । तर त्रिविका पदाधिकारीहरूले भागबन्डाको आरोप झुटा भएको बताउँदै आएका छन् । भागबन्डाका कारण नियुक्तिमा ढिलाइ भएको आरोप लागिरहेका बेला त्रिविले भने मंसिर २७ गते तोकिएको नीति अधिवेशनपछि मात्रै हुने प्रस्ट पारेको छ ।
त्रिवि प्रवक्ता तथा त्रिवि कार्यकारी परिषद्को सचिवालयका प्रमुख एमान सिंह बोहराले नीति अधिवेशनपछि मात्रै नियुक्ति हुने बताए । बाहिर हल्ला आएजस्तो पदाधिकारीहरूबिच कुनै खालको विवाद नभएको उनको भनाइ छ ।
उपकुलपति प्राडा केशरजंग बराल र अन्य पदाधिकारीहरूबिच भागबन्डा नमिल्दा डीन र क्याम्पस प्रमुखको नियुक्ति हुन नसकेको कुरा बाहिरिएको छ । जसले गर्दा अहिले प्रमुख सत्तारूढ दल नेकपा एमाले र माओवादी केन्द्रका नेताहरू आमनेसामने भएका छन् ।
उपकुलपतिले भागबन्डा मिलाउन नियुक्ति गर्न ढिलाइ गरिरहेको एमाले नेताहरूले आरोप लगाएका छन् । तर, माओवादी नेताहरूले भने उपकुलपति बरालको बचाउ गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण