त्रिविको नीति अधिवेशनपछि मात्रै डीन नियुक्त गरिने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले डीन र क्याम्पस प्रमुखको नियुक्तिमा ढिलाइ गरेको छ । विभिन्न ८ वटा संकायका डीन र १४ वटा क्याम्पसका क्याम्पस प्रमुखको नियुक्तिमा ढिलाइ गरेको हो ।
पदाधिकारीहरूबिच भागबन्डा नमिल्दा नियुक्तिमा ढिलाइ भइरहेको आरोप लागेको छ । तर त्रिविका पदाधिकारीहरूले भागबन्डाको आरोप झुटा भएको बताउँदै आएका छन् । भागबन्डाका कारण नियुक्तिमा ढिलाइ भएको आरोप लागिरहेका बेला त्रिविले भने मंसिर २७ गते तोकिएको नीति अधिवेशनपछि मात्रै हुने प्रस्ट पारेको छ ।
त्रिवि प्रवक्ता तथा त्रिवि कार्यकारी परिषद्को सचिवालयका प्रमुख एमान सिंह बोहराले नीति अधिवेशनपछि मात्रै नियुक्ति हुने बताए । बाहिर हल्ला आएजस्तो पदाधिकारीहरूबिच कुनै खालको विवाद नभएको उनको भनाइ छ ।
उपकुलपति प्राडा केशरजंग बराल र अन्य पदाधिकारीहरूबिच भागबन्डा नमिल्दा डीन र क्याम्पस प्रमुखको नियुक्ति हुन नसकेको कुरा बाहिरिएको छ । जसले गर्दा अहिले प्रमुख सत्तारूढ दल नेकपा एमाले र माओवादी केन्द्रका नेताहरू आमनेसामने भएका छन् ।
उपकुलपतिले भागबन्डा मिलाउन नियुक्ति गर्न ढिलाइ गरिरहेको एमाले नेताहरूले आरोप लगाएका छन् । तर, माओवादी नेताहरूले भने उपकुलपति बरालको बचाउ गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धानमा तानिएका डा.वैकुण्ठ अर्यालसहित २३ जनालाई चलाइएन मुद्दा
-
लिभ–इनमा बसेकी प्रेमिका गर्भवती भएपछि हत्या, भारतमा नेपाली नागरिक पक्राउ
-
काठमाडौँ विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिँदै
-
प्रतिनिधिसभा बैठक ३ : १५ बजे बस्ने गरी सूचना टाँसेर स्थगित
-
झापाबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह (तस्बिरसहित)
-
बेनी–जोमसोम–कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति