‘पुष्पा २’को अहिलेसम्मको कमाई कति ?
मङ्गलबार, २५ मङ्सिर २०८१, २० : १८
मुम्बई । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनीत पछिल्लो फिल्म हो ‘पुष्पा २’ । बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ गत बिहीबारदेखि सार्वजनिक प्रदर्शनमा आएको हो । फिल्मले प्रदर्शनको पहिलो दिनदेखिनै बक्स अफिसमा नयाँ–नयाँ रेकर्ड बनाइरहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले पाँच दिनमा भारतीय बक्स अफिसमा ५९३ करोड (भारू) कमाएको छ भने विश्वव्यापी रूपमा ९०० करोड (भारू) कमाएको छ ।
अल्लु अर्जुनका अलवा फिल्ममा रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ । सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्म नवीन येर्नेनी र रविशंकर यममाञ्चिलीले निर्माण गरेका हुन् ।
एक्सन, क्राइम र ड्रामा जनराको यो फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट छ । फिल्मलाई विश्वव्यापी रुचाइएको प्रतिक्रिया मिलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण