‘पुष्पा २’को अहिलेसम्मको कमाई कति ?
मङ्गलबार, २५ मङ्सिर २०८१, २० : १८

मुम्बई । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनीत पछिल्लो फिल्म हो ‘पुष्पा २’ । बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ गत बिहीबारदेखि सार्वजनिक प्रदर्शनमा आएको हो । फिल्मले प्रदर्शनको पहिलो दिनदेखिनै बक्स अफिसमा नयाँ–नयाँ रेकर्ड बनाइरहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले पाँच दिनमा भारतीय बक्स अफिसमा ५९३ करोड (भारू) कमाएको छ भने विश्वव्यापी रूपमा ९०० करोड (भारू) कमाएको छ ।
अल्लु अर्जुनका अलवा फिल्ममा रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ । सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्म नवीन येर्नेनी र रविशंकर यममाञ्चिलीले निर्माण गरेका हुन् ।
एक्सन, क्राइम र ड्रामा जनराको यो फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट छ । फिल्मलाई विश्वव्यापी रुचाइएको प्रतिक्रिया मिलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : उपेन्द्र यादव
-
रोहित शर्मालाई पछ्याउँदै टेस्ट क्रिकेटबाट विराट कोहलीको पनि सन्न्यास
-
ठिमीमा जेसुम यात्रा : संस्कृति र सम्पदा उजागर गर्ने प्रयास
-
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन
-
सचिवहरू र मुख्यसचिवसमेतको दबाबले अवकाशको उमेर कार्यान्वयन विधिमा विवाद
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार