दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अनुमति, आपराधिक लाभ लिन नहुने कसुरमा सकियो बयान
काठमाडौँ । दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले दुर्गा प्रसाईंमाथि लागेको साइबर सम्बन्धी आरोपबारे अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । तर, अभियोग पत्र तयार नभएपछि उनलाई थप हिरासतमा राख्न समय मागिएको थियो । बुधबार जिल्ला अदालतमा उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गर्ने सरकारी वकिलको तयारी छ ।
मंसिर ४ मा पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईंसँग आपराधिक लाभ लिन नहुने कसुरमा बयान लिइएको छ । अनुसन्धान अधिकृत र काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बयान लिएका हुन् । मंगलबार एक्स्टर्सन सम्बन्धी मुद्दाको बयान सकिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको भन्दै प्रहरीले सुरुमा उनलाई साइबर सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो ।
अहिले उनीविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोले उनीविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई उनले नै धम्क्याउन लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रसाईं निकट हरिचन्द्र फुयलले सो कामका लागि आफूले ५ लाख लिएको बयान दिएका छन् । उनले भनेका छन्, ‘धम्क्याउने प्रयोजनको लागि मलाई दुर्गा प्रसाईंले ५ लाख दिएका हुन् ।’ तर, प्रसार्ईंले बयानमा सो कुरा अस्वीकार गरेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुसमै पाक्यो ‘चैते काफल’, जलवायु परिवर्तनको असर
-
बिहीबार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
खुल्नै सक्दैनन् एचआइभी सङ्क्रमित
-
आर्सनल फेरि दोस्रो स्थानमा फर्कियो
-
अमेरिकी डलरको मूल्य घटयो, कस्तो छ अन्य विदेशी मुद्राको भाउ ?
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने