अबुधाबी टी-१० लिगमा म्याच फिक्सिङ : पूर्व सहायक प्रशिक्षकलाई ६ वर्षको प्रतिबन्ध
अबुधाबी । अबुधाबी टी-१० लिगमा म्याच फिक्सिङको घटना बाहिर आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अबुधाबी टी-१० लिगको एक फ्रेन्चाइजका पूर्व सहायक प्रशिक्षक सन्नी ढिल्लोनलाई खेल फिक्स गर्ने प्रयास गरेको आरोपमा सबै प्रकारका क्रिकेटबाट ६ वर्षको प्रतिबन्ध लगाएको हो ।
सन्नीमाथि गत वर्ष फिक्सिङको आरोप लागेको थियो । उनको प्रतिबन्ध सेप्टेम्बर १३, २०२३ देखि लागू हुनेछ जब उनलाई अस्थायी रूपमा निलम्बित गरिएको थियो।
बंगलादेशका पूर्व अलराउन्डर नासिर हुसेन पनि आरोपीमा परेका छन् । नासिर हुसेनलाई दुई वर्षको प्रतिबन्ध लगाइएको छ ।
आईसीसीले एक विज्ञप्तिमा भनेको छ, ‘सनी ढिल्लोनलाई एमिरेट्स क्रिकेट बोर्ड (ईसीबी) को भ्रष्टाचारविरोधी संहिता उल्लङ्घन गरेकोमा दोषी पाइयो। उनलाई ६ वर्षका लागि सबै प्रकारका क्रिकेटबाट प्रतिबन्ध लगाइएको छ । पुणे डेभिल्सका सह-मालिक कृष्णकुमार चौधरी र पराग सिंघवीलाई पनि यस्तै आरोप लागेको छ। दुई स्थानीय खेलाडी र ब्याटिङ प्रशिक्षक असर जैदी, टिम म्यानेजर सादाब अहमदलाई पनि प्रतिबन्ध लगाइएको छ ।'
गत वर्ष भ्रष्टाचार विरोधी आचारसंहिता उल्लङ्घन गरेको आरोप लागेका आठ जनामध्ये एक फ्रेन्चाइजी टोलीका पूर्व सहायक प्रशिक्षक ढिल्लोन पनि थिए। आरोपहरू सन् २०२१ को अबुधाबी टी-१० क्रिकेट लिग र प्रतियोगिताको समयमा खेलहरूको नतिजालाई प्रभाव पार्ने कथित प्रयाससँग सम्बन्धित छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
-
पुनरावेदन दिएमा थुना बाहिरै बसेर मुद्दा लड्न पाउँछन् बालकृष्ण खाण
-
पुँजी बजार सुधारको स्पष्ट खाका खोज्दै सांसदहरू, अर्थ समितिद्वारा १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण