मेरिटका आधारमा प्राप्ताङ्क समेत सार्वजनिक गरी पदाधिकारी नियुक्ति गर्न स्ववियुको माग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा डीन लगायतको नियुक्तिमा भइरहेको ढिलाइप्रति स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले आपत्ति जनाएको छ । डीन, डाइरेक्टर, क्याम्पस प्रमुखहरू लगायतको नियुक्तिमा महिनौँ ढिला हुनु दुर्भाग्य भएको स्ववियु जनाएको हो ।
सभापति श्याम राज ओझाले बुधबार एक विज्ञप्ति जारी गर्दै जिम्मेवार तथा जबाफदेही पदमा नियुक्ति ढिला हुनु एक पुस्ताको भविष्य निर्माणमा ढिला हुनु भएको बताए ।
मेरिटका आधारमा प्राप्ताङ्क समेत सार्वजनिक गरी पदाधिकारी नियुक्त गरिनुपर्ने जनाएको छ । पारदर्शी तरिकाले विज्ञापन गरी प्रक्रिया समेत पूरा गरिसकेका सबै पदहरूको नियुक्ति यथाशीघ्र गर्न स्ववियुले माग गरेको हो ।
विश्वविद्यालयमा स्वार्थ समूह हाबी हुँदै स्वार्थ केन्द्रित नियुक्ति दिलाउन खोजिएको भन्ने समाचारहरू सम्प्रेषण भइरहेकोप्रति स्ववियुले आपत्ति जनाएको छ ।
मेरिट मिच्दै नियुक्ति गराउन दबाब दिने काम बन्द गर्न समेत उनले चेतावनी दिए । मेरिट मिचेर अघि बढे त्यसको प्रतिवाद गर्ने र उक्त कार्य गर्ने तथा गर्न प्रेरित गराउनेका विरुद्ध आम युवा विद्यार्थी संघर्ष गर्ने कुराको चेतावनी समेत उनले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण