नेपाल प्रिमियर लिग क्रिकेट
काठमाडौँ गुर्खाजसँग लुम्बिनी लायन्स पराजित
बुधबार, २६ मङ्सिर २०८१, १६ : २०
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत काठमाडौँ गुर्खाजसँग लुम्बिनी लायन्स पराजित भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौँ गुर्खाजले सबै विकेट गुमाएर १०३ रनको योगफल बनाएको थियो । १०४ रनको लक्ष्य पाएको लुम्बिनी लायन्स ८५ रनमै सीमित हुँदा पाँचौँ पराजय व्यहोरेको हो ।
जारी प्रतियोगितामा ६ खेल खेलिसकेको लुम्बिनी लायन्सले एक म्याचमा मात्र जित हासिल गरेको छ ।
लुम्बिनी लायन्सलाई लक्ष्यबाट टाढा राख्न काठमाडौँ गुर्खाजका लागि करण केसीले ४, दिपेश कँडेलले ३, जेहार्ड एरासमसले २ विकेट लिए ।
काठमाडौँ गुर्खाजका लागि भीम सार्कीले ३१, ड्यान डोथवेटले २१, प्रतीक श्रेष्ठले २०, स्टेफन ईस्किनाजीले १३ रन बनाएका थिए । लुम्बिनी लायन्सका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
-
'सेयर खरिदविक्री रोक्नु विदेशी लगानी कानुन तथा द्विपक्षीय सम्झौता वर्खिलाप'
-
नेदरल्यान्ड्सँग पनि पराजितः बलर र ब्याटर दुवै फ्लप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण