च्याम्पियन्स लिगमा एटलेटिको मड्रिड विजयी, सम्भावना जिवितै
बिहीबार, २७ मङ्सिर २०८१, ०१ : ५०
काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनको एटलेटिको मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा एटलेटिकोले स्लोभाकियाको स्लोभान ब्राटिस्लाभालाई ३-१ ले हराएको हो ।
एटलेटिकोलाई विजयी गराउन अग्रपंक्तिका एन्टोनी ग्रिजम्यानले दुई गोल गरे भने अग्रपंक्ति कै जुलियन अल्भारेजले एक गोल गरे । जवाफमा स्लोभानका डेभिड स्ट्रेलेकले पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई शान्त्वना दिलाए ।
यो जितले एटलेटिकोलाई नकआउट चरण प्लेअफमा सुरक्षित गरेको छ भने अन्तिम आठमा पर्ने सम्भावनालाई समेत कायमै राखेको छ । हालसम्म भएका ६ मध्ये २ खेल गुमाएको एटलेटिकोको १२ अंक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न (तस्बिरहरू)
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण