भित्र नीति अधिवेशन चलिरहँदा उपकुलपति कार्यालय बाहिर रिले अनसन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशन सुरु भएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको अधिवेशनमा त्रिविका विभिन्न नीति नियमबारे छलफल हुँदैछ। भित्र अधिवेशन चलिरहँदा उपकुलपति कार्यालय बाहिर भने रिले अनसन थालिएको छ।
कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष (निवर्तमान स्ववियु परिषद् सभापति) सञ्जय बुढाथोकी उपकुलपति कार्यालय अगाडि रिले अनसनमा बसेका हुन्। सामुदायिक क्याम्पसहरूलाई न्यायको माग गर्दै उनी रिले अनसनमा बसेका हुन्।
उपकुलपति कार्यालय, योजना निर्देशनालयले त्रिविबाट सम्बन्धनप्राप्त क्याम्पस र कलेजहरूमा नयाँ कार्यक्रम थप गर्ने सम्बन्धको सूचना कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । अहिले पुनः म्याद थप गरिएको भन्दै उक्त मितिभित्र कार्यान्वयन हुनुपर्ने माग गरेको छ।
बजारका मागअनुसार क्याम्पसहरूलाई प्राविधिक धारका विषयहरू पढ्न पाउने वातावरण मिलाउन समेत माग गरेमा छन् । त्यस्तै उपकुलपतिको कार्यकक्ष बाहिर समेत स्ववियु सचिव तथा अनेरास्ववियु त्रिवि अध्यक्ष सिद्धान्त भट्ट अनसनमा बसेका छन्।
सचिव भट्टले विश्वविद्यालय सुधारको अभियानका विभिन्न माग राखी २४ घण्टे धर्ना सुरु गरेका हुन्। उनले विभिन्न ३५ बुँदे माग अघि सारेर धर्ना थालेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण