त्रिभुवन विश्वविद्यालयमा साँच्चैको मेरिटोक्रेसी लागू हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले साना कुरामा नअल्झिएर विश्वविद्यालयलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
बिहीबार त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मेरिटोक्रेसीमा प्रश्न उठ्न नहुने बताए । उनले उपकुलपतिले नै विश्वविद्यालय चलाउने भन्दै आफूले हस्तक्षेप गरेको भनेर भएका प्रचारमा कुनै सत्यता नरहेको बताए ।
‘उपकुलपतिलाई लागेको गर्न पाए हुन्थ्यो भनेर लागेको कुरा गर्नुचाहिँ विश्वविद्यालयको स्वायत्तता होइन’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसो भएकाले हामी साना कुरामा नअल्झिएर विश्वविद्यालयलाई प्रभावकारी र सुदृढ बनाउनुपर्छ ।’
प्रधानमन्त्री ओलीले हिजो मात्रै प्रधानमन्त्रीका कारण विलम्ब भयो भनेर अखबारमा छापिएको भन्दै निष्पक्ष र मेरिटोक्रेसीमा प्रश्न नउठ्ने गरी काम गर्न आफूले भनेको बताए ।
‘मेरिटोक्रेसीमा प्रश्न नउठोस्, निष्पक्ष ढङ्गले काम होस् । मैले जहिले भन्ने त्यही हो’, प्रधानमन्त्रीले चलाउने कसरी भन्ने ख्याल गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सङ्खुवासभाको सभापतिमा श्रेष्ठ चयन
-
इरान युद्धले तेल बजारमा 'ओपेक प्लस'को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
सचिवको एसएमएसमाथि प्रधानमन्त्रीको 'मजाक'लाई मन्त्री र सांसदको साथ
-
रास्वपा केन्द्रीय कार्यालयमा प्रदर्शन
-
जब फ्रान्सले जित्न सिक्यो
-
इरान वार्ताबारे अमेरिकी अधिकारीमाथि इजरायलले जासुसी गरेको आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण