लोक सेवामा १० वर्षमा ५० लाखभन्दा बढी दरखास्त‚ करिब ४२ हजारमात्र सिफारिस
बिहीबार, २७ मङ्सिर २०८१, १५ : ५५

काठमाडौँ । लोक सेवा आयोगले १० वर्षको अवधिमा खुलाइएका विभिन्न दरबन्दीमा ५० लाख भन्दा बढीले दरखास्त दिएको जानकारी दिइएको छ ।
आयोगले राज्यव्यवस्था तथा सुशासन समितिमा उपस्थित भएर आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ सम्म आयोगबाट कूल जम्मा ५७ हजार ७ सय २५ दरखास्त र सिफारिससम्बन्धी विवरण: (बढुवा समेत) विज्ञापन प्रकाशन गरेको जानकारी दिएको छ ।
आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले बैठकमा दिएको जानकारी अनुसार १० वर्षमा ५० लाख ५७ हजार १ सय ५२ दरखास्त परेको छ ।
‘जसमा २५ लाख २८ हजार १ सय ५५ महिला र २५ लाख २८ हजार ९ सय ९७ पुरुष गरी कूल ५० लाख ५७ हजार १ सय ५२ दरखास्त परेका थिए‚’ समितिमा उनले भने‚ ‘सो अवधिमा ४१ हजार ७ सय ३४ उम्मेदवार सिफारिस भएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसालाई सूक्ष्म अनुसन्धान गर्ने हो भने ठुलो उथलपुथल हुन्छ
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मन
-
८ वर्षमा फास्ट ट्रयाकको ४० प्रतिशत काम, २ वर्षमा सक्ने योजना
-
रुसी तेल खरिद गर्दा भारत–चीनमाथि ५०० प्रतिशत ट्यारिफ लाग्ने चेतावनी
-
नासाको भावी प्रमुखबाट मस्कका निकट सहयोगी जारेड आइज्याकम्यानको नाम ट्रम्पले लिए फिर्ता