लोक सेवामा १० वर्षमा ५० लाखभन्दा बढी दरखास्त‚ करिब ४२ हजारमात्र सिफारिस
बिहीबार, २७ मङ्सिर २०८१, १५ : ५५
काठमाडौँ । लोक सेवा आयोगले १० वर्षको अवधिमा खुलाइएका विभिन्न दरबन्दीमा ५० लाख भन्दा बढीले दरखास्त दिएको जानकारी दिइएको छ ।
आयोगले राज्यव्यवस्था तथा सुशासन समितिमा उपस्थित भएर आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ सम्म आयोगबाट कूल जम्मा ५७ हजार ७ सय २५ दरखास्त र सिफारिससम्बन्धी विवरण: (बढुवा समेत) विज्ञापन प्रकाशन गरेको जानकारी दिएको छ ।
आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले बैठकमा दिएको जानकारी अनुसार १० वर्षमा ५० लाख ५७ हजार १ सय ५२ दरखास्त परेको छ ।
‘जसमा २५ लाख २८ हजार १ सय ५५ महिला र २५ लाख २८ हजार ९ सय ९७ पुरुष गरी कूल ५० लाख ५७ हजार १ सय ५२ दरखास्त परेका थिए‚’ समितिमा उनले भने‚ ‘सो अवधिमा ४१ हजार ७ सय ३४ उम्मेदवार सिफारिस भएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण