अमेरिकन डलरसहित युवक पक्राउ
बिहीबार, २७ मङ्सिर २०८१, २२ : ५८
काठमाडौँ । झापाबाट २९ हजार ७०० अमेरिकन डलरसहित एक युवक पक्राउ परेका छन् । बिहीबार झापाको गौरादह नगरपालिका ५ बस्ने मोहम्मद नौसाद मिया अमेरिकन डलरसहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका ३ केर्खाचोक स्थित पूर्वपश्चिम राजमार्गमा सवारी जाँचका क्रममा मिया पक्राउ परेका हुन् । दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख् ९५३० नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्दा सोही बसमा सवार मिया प्रहरीको नियन्त्रणमा परेका थिए ।
उनको साथबाट बरामद डलर आजको नेपाली दरदरेट १ डलरको १३५.८२ अनुसार ४० लाख ३३ हजार ८५४ रुपैयाँ हुने प्रहरीले जनाएको छ । मियालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण