निकुञ्जले हेलिकप्टर नउडाउन पत्र पठाएपछि प्राधिकरणले भन्यो– यस्तो प्रस्ताव कार्यान्वयन हुँदैन
काठमाडौँ । सगरमाथा राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र र आसपास हेलिकप्टर नउडाउने प्रस्तावसहितको पत्र नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको छ । राष्ट्रिय निकुञ्ज, गाउँपालिका र स्थानीय सरोकारवालको अनुरोध भन्दै निकुञ्जले आगामी जनवरी १ देखि हेलिकप्टर नउडाउने निर्णय कार्यान्वयन गर्न प्राधिकरणलाई आग्रह गरेको थियो ।
राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा, बासस्थानको संरक्षण, ध्वनी प्रदूषण नियन्त्रण, खुम्बु क्षेत्रको व्यापार, व्यवसायमा असर परेको भन्दै हेलिकप्टर उडाउन नहुने निकुञ्जको प्रस्ताव थियो ।
जवाफमा प्राधिकरणले यस्तो प्रस्तावप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको र कार्यान्वयन गर्न नसकिन जनाएको छ । वायुसेवा क्षेत्र प्राधिकरणको एकल अधिकार क्षेत्रभित्र पर्ने भन्दै सगरमाथा राष्ट्रिय निकुञ्जले गरेको पत्राचारको कुनै कानुनी आधार र औचित्य नभएको प्राधिकरणले बताएको छ ।
प्राधिकरणले भनेको छ- ‘तसर्थ निर्वाध र नियमित रुपमा व्यावसायिक उडान सञ्चालन गर्न सम्पूर्ण हेलिकप्टर कम्पनी तथा सरोकारवाला निकायलाई प्राधिकरण विशेष अनुरोध गर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण