नेपालको समावेशी विकासमा सघाउन विश्व बैंकको बोर्ड बैठकबाट साढे १३ अर्ब स्वीकृत
काठमाडौँ । विश्व बैंकको बोर्ड बैठकले नेपालको हरित र समावेशी विकास कार्यान्वयन गर्न १०० मिलियन अमेरिकी डलर (करिब १३ अर्ब ६२ करोड रुपैयाँ) स्वीकृत गरेको छ ।
अमेरिकाको वासिङ्टन डिसीमा बसेको बोर्ड बैठकले नेपालको दिगोपनका लागि सक्षम वातावरण सुधार्ने लक्ष्यसहितका तीन वटा डीपीओ (विकास नीति सञ्चालन) का लागि उक्त रकम स्वीकृत गरेको हो ।
यो रकम नेपालको हरित तथा समावेशी र दिगो विकासमा खर्च हुने माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले बताएका छन् । उनले भनेका छन्, ‘सहयोग सबै नेपालीका निम्ति दीर्घकालीन विकासको आधार र त्यसको दिगो संरक्षण गर्न सफल हुनेछ । यो परियोजनाले हरित, जलसुरक्षा, सिँचाइ, भूमिको प्रयोग, वन व्यवस्थापन, जलवायु तथा प्रकोप सूचना प्रणालीलगायत विभिन्न क्षेत्रमा सघाउने छ ।’
विश्व बैंकले सन् २०२१ देखि नेपालको वातावरणीय दिगोपन, हरित तथा समावेशी विकासको क्षेत्रमा परियोजना सञ्चालन गर्दै आएको छ । बेरोजगारी, महामारी, जोखिममा परेका सीमान्तकृत समुदायका लागि आर्थिक अवसर प्रदान गर्न परियोजनाले सघाइरहेको विश्व बैंकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण