पत्रकार महासंघ हुम्लाको अध्यक्षमा रावत निर्वाचित
शुक्रबार, २८ मङ्सिर २०८१, १९ : ४४
हुम्ला । नेपाल पत्रकार महासंघ हुम्लाको अध्यक्षमा राजन रावत निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार रावतको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
वरिष्ठ उपाध्यक्षमा सुरेश परियार, उपाध्यक्ष समावेशीमा छपाल लामा, सचिवमा नन्द सिंह, सहसचिव खुल्लामा पदमराज हमाल, सहसचिव समावेशी भक्तराज ऐडी र कोषाध्यक्षमा मन्दिर सिंह सर्वसहमतिमा निर्वाचित भएको निर्वाचन समिति संयोजक राजबहादुर शाहीले जानकारी दिए ।
यस्तै आठ जना जिल्ला कार्य समितिको सदस्यमा निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधिमा नवराज महतारा, नृप हमाल र प्रदेश पारषद् प्रतिनिधिमा मोतिलाल महतारा चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले पदभार ग्रहण गरेकै दिन अमेरिकामा ३०८ अवैध आप्रवासी पक्राउ
-
कानुन न्याय तथा मानवअधिकार समितिमा देउवा
-
रवि लामिछानेमाथि थुनछेक बहस सुरु
-
एमाले विधान महाधिवेशन : ७० वर्षे उमेर हद वैधानिक रूपमै हट्ने
-
पशुपति विकास कोष र ट्रान्सफर्मरको दुई ठुला भ्रष्टाचार मुद्दा पेसीमा
-
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन